बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, २५ अर्ब खिच्दै राष्ट्र बैंक  « Khabarhub

बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, २५ अर्ब खिच्दै राष्ट्र बैंक 


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक म भएपछि बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको हो । 

यसरी थुप्रिएको पैसा व्यवस्थापन गर्ने राष्ट्र बैंकले पैसा खिच्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने आइतबार (भदौ २२ गते) २५ अर्ब रुपैयाँ खिच्ने भएको छ । 

केन्द्रिय बैंकले २५ अर्ब रुपैयाँ मध्यान्ह ३ बजे बोलकबोलको माध्यमबाट लिने भएको छ । त्यसरी खिचिएको पैसा असोज १२ गतेसम्मका लागि राष्ट्र बैंकले ब्याज भुक्तानी गर्ने सूचनामा उल्लेख छ । 

बोलकबोल गर्दा घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : ०७ बजे

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ अन्तर्गत मंगलबार एउटा

प्रिमियर लिग : एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं – मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको

निर्वाचन आउन नौ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन