शाहरुखकी छोरी सुहाना खानको अलिबाग जग्गा खरिद कानुनी विवादमा « Khabarhub

शाहरुखकी छोरी सुहाना खानको अलिबाग जग्गा खरिद कानुनी विवादमा


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका बादशा  शाहरुख खानकी छोरी सुहाना खान हाल आफ्नो जग्गा खरिद प्रकरणले विवादमा परेकी छन् ।

महाराष्ट्र सरकारले किसानलाई खेतीपातीका लागि उपलब्ध गराएको अलिबागस्थित थाल गाउँको जग्गा सुहानाले खरिद गरेपछि कानुनी प्रश्न उठेको हो ।

महाराष्ट्र कृषि भूमि ऐन, १९६१ अनुसार केवल किसान वा किसान परिवारसँग सम्बन्धित व्यक्तिले मात्र कृषि भूमि खरिद गर्न पौने नियम रहेको छ ।

गैर-किसानले यस्तो जग्गा किन्नु अघि कलेक्टरको स्वीकृति आवश्यक हुन्छ । तर, आरोप अनुसार सुहानाले अनुमति नलिई जग्गा खरिद गरेकी हुन् ।

भारतीय मिडिया अनुसार, सुहाना खानले यो विवादित जग्गा मुम्बईको कफ परेडमा बस्ने खोटे परिवारबाट करिब १२.९१ करोड भारतीय रुपैयाँमा खरिद गरेकी थिइन् । उक्त खरिदका लागि उनले झण्डै ७७.४६ लाख रुपैयाँ स्ट्याम्प शुल्क पनि तिरेकी थिइन् । 

सम्पूर्ण कारोबार २०२३ मे ३० मा स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत सम्पन्न भएको बताइएको छ । तर, कागजी प्रक्रिया पूरा नगरेको र कलेक्टरको स्वीकृति नलिएको आरोप सुहाना माथि लगाइएको छ ।  

मुम्बई प्रहरीका आवासीय अधिकृतले यस सम्झौताको पूर्ण विवरण बुझ्नका लागि अलिबाग तहसीलदारसँग प्रतिवेदन मागेका छन्। यदि खरिदबिक्रीमा अनियमितता प्रमाणित भएमा कानुनी कारबाहीको सम्भावना देखिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : ४९ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले