द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दाबढी नयाँ उजुरी पायौँ : सत्यनिरूपण तथा मेलमिलाप आयोग « Khabarhub

द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दाबढी नयाँ उजुरी पायौँ : सत्यनिरूपण तथा मेलमिलाप आयोग


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दा बढी नयाँ उजुरी प्राप्त भएको जनाएको छ ।
 
आयोगले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काबु बाहिरको परिस्थिति र जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासँग सम्बन्धीत उजुरी माग गर्दा १५ हजार १ सय ९१ नयाँ उजुरी प्राप्त भएको जनाएको हो । 

बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ बमोजिम आयोगले ३ महिने सार्वजनिक सूचना जारी गरी उजुरी माग गरेको थियो ।

सो अवधिमा आयोगमा ५ हजार ४ सय ७१, जिल्लाबाट प्राप्त भएको उजुरी ५ हजार ८ सय ८, जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी ३ हजार ९ सय १२ रहेको आयोगका सदस्य एवं प्रवक्ता अच्युत प्रसाद भण्डारीले जानकारी दिए । 

यसअघि जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी ३ सय १४ उजुरी मात्र दर्ता भएको थियो । सबैभन्दा बढी जिल्लागत उजुरी दर्ता भएको जिल्लामा जाजरकोटबाट ८८३ उजुरी प्राप्त भएको उनले बताए । उनले नयाँ र पुरानो गरी हालसम्मको कुल उजुरी संख्या ७८ हजार ९ सय ९ पुगेको जानकारी दिए । 

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष महेश थापाले जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी यसअघिको भन्दा धेरै परेको बताए । पीडितहरूको गोपनीयतालाई ध्यानमा राखेर आयोगले कामकारबाहीलाई अघि बढाउने उनले बताए । अध्यक्ष थापाले पहिलो दुई वर्षभित्रमा सबै मुद्दाहरूको सत्य छानबिन गर्ने र अरु प्रक्रिया अघि बढाइने उल्लेख गरे ।  

उनले आयोगलाई आवश्यक स्रोत साधन पर्याप्त भए चार वर्षभित्र सबै काम टुङ्गो लगाइने धारणा राखे । आयोगले २०५२ साल फागुन २ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्मका घटनाहरूमा मात्रै आयोगसमक्ष उजुरी दिन पाइने व्यवस्था गरेको थियो । 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : ५४ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु