सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन मन्त्री खड्काको आग्रह | Khabarhub Khabarhub

सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन मन्त्री खड्काको आग्रह


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई आज उनकै कार्यकक्षमा भेटेर सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन आग्रह गरेका छन् । 

सङ्खुवासभाका सामुदायिक विद्यालयलाई भौतिक रूपमा सुविधा सम्पन्न बनाउन आफू क्रियाशील रहेको जनाउँदै उनले मन्त्री पन्तसँग खाँदबारीस्थित लक्ष्मी आधारभूत विद्यालय, चैनपुरको शारदा तथा सरस्वती माध्यमिक विद्यालय, आँखिभूइँस्थित  अमरुवा तुम्लिङटारको मनकामना रत्नअम्बिका माध्यमिक विद्यालयलगायत शैक्षिक प्रष्ठिानको स्तरोन्नतिका निम्ति सहयोग गर्न आग्रह गरेका हुन् । 

मन्त्री पन्तले उनको अनुरोधलाई सकारात्मक रूपमा लिँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : ५९ बजे

भीपीएन प्रयोग नगर्न आग्रह गर्दै सञ्चार मन्त्रालयले भन्यो- हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भए   

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो पात्रो र ग्लोबल

‘श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन

भक्तपुर– श्रम अदालतका अध्यक्ष जनक पाण्डेले देशभरिका श्रमिकको मुद्दा हेर्ने,

भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक छ : उपाध्यक्ष पौडेल

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको सङ्गठनलाई

एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा

नेपाली सेनाको हेलिकप्टरमार्फत काभ्रेबाट एक सुत्केरीको उद्धार

काभ्रे– जिल्लाको विकट खानीखोला गाउँपालिकाको फुलडाडाँबाट एक सुत्केरी महिलाको नेपाली