वाणिज्य विभागले अब प्रदेश र स्थानीय सरकारसँग मिलेर बजार अनुगमन गर्ने « Khabarhub

वाणिज्य विभागले अब प्रदेश र स्थानीय सरकारसँग मिलेर बजार अनुगमन गर्ने


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अब सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर बजार अनुगमन गर्ने भएको छ । विभागको एकल नेतृत्वको अनुगमन प्रभावकारी नभएको भन्दै विभागले सो निर्णय गरेको हो ।

‘एकल विभागको पहलले मात्रै नतिजा निस्केन, अलिकति बढी समन्वयात्मक भूमिकामा जान पर्‍यो भनेर नेपाल सरकारका अन्य सम्बन्धित निकायहरू, प्रदेश सरकार र स्थानीय तहमा जोडिएर काम गर्न खोजिरहेका छौँ हामीले’, विभागका प्रवक्ता भरतप्रसाद आचार्यले बताए ।

अहिले विभागसँग सीमित जनशक्ति छ, जुन जनशक्तिले सबै क्षेत्रमा अहिलेकै अवस्थामा पनि प्रभावकारी उपस्थिति जनाउन सकेको छैन । उनले त्यसका लागि विभाग अतिरिक्त कर्मचारीको आवश्यकता पर्ने र अन्य निकायमा काम गरिरहेका विभागका कर्मचारीलाई परिचालन गर्ने र थप कर्मचारीको पनि व्यवस्था गर्ने बताए ।

‘अहिले हाम्रो आन्तरिक रूपमा नै भएको जनशक्ति छ, कम्पनी रजिष्ट्रारको कार्यालयमा काजमा कार्यरत २५÷३० जना कर्मचारी छन्’, उनी भन्छन्, ‘८/१० टोली परिचालन गर्न तत्काल समस्या छैन, त्यो भन्दापनि बढी जनशक्ति प्रबन्ध गर्न पर्‍यो भने सामान्य प्रशासन मन्त्रालयसँग हामीले समन्वय गरिरहेका छौँ ।’

अनुगमनको लागि केन्द्रीय बजार अनुगमन समितिले वस्तुगत क्षेत्रको पहिचान गरिसकेको तर, कहिलेबाट अनुगमन सुरु गर्ने भन्ने विषयमा भने निर्णय नभएको उनले बताए ।

‘कहिलेबाट गर्ने भन्नेमा त निर्णय भैसकेको छैन, तर कुन–वस्तुगत क्षेत्रमा गर्ने भन्ने पहिचान भएको छ, वस्तुगत क्षेत्रको पनि यो–यो वस्तुको मूल्य र गुणस्तरको विषयमा अनुगमन गर्ने विषयको कार्ययोजना सो समितिले पास गरेको छ’, उनले भने ।

चाडबाड लक्षित अनुगमनको कार्ययोजना स्वीकृत भएर कार्यान्वयनको चरणमा अघि बढेको उनको भनाइ छ ।

साथै, विभागको केन्द्रीय बजार अनुगमन समितिको बैठकले बजार अनुगमन गर्ने निकायबीचमा समन्वय गरेर आकस्मिक रूपमा बजार अनुगमन गर्ने, उपभोक्ता शिक्षा तथा सचेतना कार्यक्रम सञ्चाल गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ३ : १२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने