प्रभावकारी सेवा प्रवाहमा मन्त्री न्यौपानेको जोड « Khabarhub

प्रभावकारी सेवा प्रवाहमा मन्त्री न्यौपानेको जोड


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

 निजामती सेवा दिवसका अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको कार्यक्रममा उनले सेवा प्रवाहमा विलम्ब नगर्न अनुरोध गरिन् । सेवा प्रवाहका क्रममा आवश्यक प्राविधिक सहयोग र उपकरणको उपयोग गर्न उनले सुझाइन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले सक्षम, पारदर्शी, जबाफदेही र सेवाग्राहीमैत्री प्रशासन आजको आवश्यकता हो भनिन् । 

मुख्यसचिव एकनारायण अर्यालले प्रविधिको प्रयोग गरेर सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी तुल्याउन आफूहरू क्रियाशील रहेको बताए  । 

त्यस अवसरमा उपसचिवद्वय राजुप्रसाद गुरागाइँ र चूडाराज न्यौपाने र शाखाअधिकृत सागर मिश्रलगायत १० जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको थियो । 
 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ३ : १९ बजे

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन – हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको

प्रतिनिधिसभा निर्वाचन : एक मतदातास्थल र १८ केन्द्र थप गरियो

रौतहट – आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित

मध्यरातमा बालेन र रविलाई सुधनको चेतावनी : कुलमानलाई बाहिर राखेर एकता गरेको कि भ्रम छरेको ?

काठमाडौं – जेनजी अगुवा सुधन गुरुङले रवि लामिछाने र बालेन्द्र

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा