सामाजिक सञ्जाल प्रतिबन्धकै बीच फिल्म ‘माइतीघर’को गीत सार्वजनिक गर्दै निर्माता रोहित « Khabarhub

सामाजिक सञ्जाल प्रतिबन्धकै बीच फिल्म ‘माइतीघर’को गीत सार्वजनिक गर्दै निर्माता रोहित


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले फेसबुक र युट्युबलगायतका २६ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि फिल्मको गीत, टिजर र ट्रेलर सार्वजनिक लगायतका कार्यक्रम अन्योलमा परेका छन् ।

प्रतिबन्धकै कारण अहिले फिल्मी गतिविधि कम हुन थालेका छन् । पछिल्लो समय गीत, टिजर र ट्रेलर युट्युबमै सार्वजनिक गर्ने अभ्यास थियो ।

दर्शकसँग पुग्ने प्रभावकारी माध्यमै प्रतिबन्ध लगाएपछि मेकहरु अन्योलमा परेका हुन् ।

तथापि, ‘माइतीघर’का निर्माता रोहित अधिकारी प्रतिबन्धकै बीच फिल्मको गीत र ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

सरकारको प्रतिबन्धले गत शुक्रबार तय भएको ‘माइतीघर’को गीत सार्वजनिक कार्यक्रम रोकिएको चर्चा छ ।

यसबारे खबरहबले निर्माता अधिकारीसँग प्रतिक्रिया मागेको छ । उनले प्रतिबन्धले फिल्मको प्रचारमा असर परेको बताए ।

‘फिल्म प्रदर्शन गर्छु भनेर दर्शकसँग प्रतिबद्धता’ व्यक्त गरिसकेकाले प्रतिबन्धकै कारण ‘माइतीघर’का कुनै पनि कार्यक्रमहरू स्थगित नगर्ने निर्णयमा आफू पुगेको अधिकारीको भनाइ छ ।

पूर्वनिर्धारित मितिमै भदौ २७ मै फिल्मको ट्रेलर सार्वजनिक गर्ने उनले बताए । उनी थप्छन्, ‘डिजिटल अधिकार पाएको संस्थाले विदेशबाटै भए पनि युट्युबमा हाम्रा फिल्मको सामाग्री हाल्छ । प्रतिबन्धको असर नेपालका धेरै दर्शकलाई भने पर्न सक्छ । हामी आफ्नो बोलीमा अडिग छौं ।’

भदौं २७ अर्थात् ट्रेलर सार्वजनिक गर्नुअघि नै फिल्ममा समावेश ‘घाम पानी घाम’ बोलको गीत युट्युबमा सार्वजनिक हुने बताए । गत शुक्रबार प्राविधिक कारणले यस गीत सार्वजनिक नगरिएको उनले खुलाए ।

उनी भन्छन्, ‘सामाजिक सञ्जाल प्रतिबन्धले गीत सार्वजनिक भएन भन्ने चर्चा छ । त्यस्तो होइन । गीतको साउन्डमा समस्या आएर शुक्रबार सार्वजनिक नभएको हो ।’

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : ११ बजे

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले