संखुवासभाको शैक्षिक पूर्वाधार विकासमा मन्त्री खड्काद्धारा शिक्षामन्त्री पन्तसँग भेट  « Khabarhub

संखुवासभाको शैक्षिक पूर्वाधार विकासमा मन्त्री खड्काद्धारा शिक्षामन्त्री पन्तसँग भेट 


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गरेका छन् । 

शिक्षा मन्त्रालयमा दुई मन्त्रीबीच आइतबार भएको भेटमा संखुवासभाभित्रका सामुदायिक विद्यालयमा पूर्वाधार तथा विकास निर्माण परियोजनालाई अगाडि बढाउनेबारे छलफल भएको थियो । 

भेटमा उर्जामन्त्री खड्काले लक्ष्मी आधारभूत विद्यालय खाँदबारीको भवन निर्माणका लागि ५० लाख रुपैयाँ, शारदा माध्यमिक विद्यालय चैनपुरको शौचालय निर्माणका लागि ५० लाख रुपैयाँ,  सरस्वती माध्यमिक विद्यालय चैनपुरको नयाँ भवन निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिदिन शिक्षामन्त्रीसमक्ष आग्रह गरे । 

यस्तै, अमरुवा माध्यमिक विद्यालय आँखिभुईको पर्खाल तथा भवन निर्माणका लागि १ करोड रुपैयाँ, मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय तुम्लिङटारको चमेनागृह निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिदिन आग्रह गरेका थिए ।

भेटमा शिक्षामन्त्री पन्तले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि वर्तमान सरकार लागिरहेको भन्दै त्यहाँ भएका समस्या समाधानका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ४ : ४४ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको