सहकारीका समितिमा रहेका शिक्षक धमाधम राजीनामा दिँदै | Khabarhub Khabarhub

सहकारीका समितिमा रहेका शिक्षक धमाधम राजीनामा दिँदै


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्र रहेका सहकारी संस्थाको समितिबाट हट्न शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिलाई निर्देशन दिएसँगै अहिले यहाँका दर्जनौँ सहकारीको सञ्चालक समितिमा रहेका शिक्षक तथा कर्मचारीहरूले पदबाट राजीनामा दिन थालेका छन् ।

सरकारले जारी गरेको  संघीय सहकारी ऐन, नियमावली तथा सहकारी विभाग र बागमती प्रदेश सरकार,नेपाल राष्ट्रबैंकले जारी गरेको निर्देशन र वैतेश्वर गाउँपालिकाले सोही निर्देशन अनुसार सार्वजनिक गरेको सूचना अनुसार यहाँका सहकारी सञ्चालकको रूपमा रहेका शिक्षक,कर्मचारी र जनप्रतिनिधिले अहिले समितिबाट राजीनामा दिन थालेका हुन ।

वैतेश्वर गाउँपालिकाको सम्पर्कमा रहेर सञ्चालनमा रहेका ४५ वटा सानाठुला सहकारीको सञ्चालकमा ६५ प्रतिशत शिक्षक र कर्मचारी रहेको वैतेश्वर गाउँपालिकाको सहकारी शाखाले जनाएको छ ।

नियमअनुसार संघीय संसद, प्रदेश सभा, जिल्ला सभा, गाउँ सभा वा नगर सभामा निर्वाचित तथा मनोनीत जनप्रतिनिधिहरू, विद्यालय कार्यरत शिक्षक तथा राज्यका बहालवाल कर्मचारीले सहकारीको सञ्चालक समिति र लेखा समितिमा बस्न नपाउने भए पछि यहाँका सहकारीहरूले अहिले वार्षिक साधारण सभा आव्हान गरेर शिक्षक तथा कर्मचारीलाई हटाउने तयारी गरिरहेका छन् ।

ग्रामीण क्षेत्रमा रहेका यी सहकारीका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष  तथा लेखा संयोजकको मुख्य जिम्मेवारी पदमा रहेको हुँदा पनि ती सहकारीले पुरानो समितिलाई भङ्ग गर्दै नयाँ निर्वाचनबाट शिक्षक कर्मचारी बाहेकको समिति चुन्न लागेका हुन ।

माथिल्लो निकाय र पालिकाको सूचना अनुसार समिति रहेका सञ्चालक र लेखा समितिमा रहेको भए  तीन महिनाभित्र राजीनामा दिनुपर्ने नियममा उल्लेख गरिएको छ।

कर्मचारी र जनप्रतिनिधि सहकारीको सञ्चालन समितिमा बस्न नपाउने व्यवस्था सहित वैतेश्वर गाउँपालिकाले गत साता एक सार्वजनिक सूचना जारी गरेको थियो ।

पालिकाको कार्यक्षेत्रभित्र पर्ने सहकारीलाई तत्काल समितिबाट हट्न कडाइ गरेको हुँदा अहिले सहकारीको मुख्य पद देखि सदस्यमा रहेका शिक्षकहरू राजीनामा दिन तयार भएका हुन ।

शिक्षक कर्मचारीले राजीनामा दिँदा संकटमा सहकारी 

शनिबार पालिकाको वडा नम्बर-३ मिर्गेमा रहेको जनजागरण सहकारी आयोजना गरेर सञ्चालक समिति र उपसमितिको संयुक्त भेलामा सहकारी अभियान्ता सुरेश तामाङले अब शिक्षक सहकारी छाड्दा सहकारी क्षेत्रमा समस्या थपिने बताए । 

तामाङ भन्छन्, ‘ग्रामीण भेगका सहकारीको नेतृत्व र सञ्चालन गर्न शिक्षक, कर्मचारी बाहेक अरूले गर्न नसक्ने हुँदा अब झन् सहकारी क्षेत्रमा समस्या बढ्दै जाने जान्छ ।’ 

राज्यले सहकारीबाट शिक्षकलाई हटाउँदै गर्दा अब सहकारी बुझेका र सहकारीलाई निती,नियम,ऐन कानुन अनुसार चलाउन सक्ने सञ्चालक पाउन मुस्किल हुने उनको भनाइ थियो । अन्य सहकारी जानकारहरूले पनि ग्रामीण बस्तीमा रहेका सहकारी सञ्चालनमा शिक्षकको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरे ।

पढेलेखेका युवा गाउँमा छैनन्,भएका पनि सहर केन्द्रित छन्च।सहकारी चलाउन उनीहरू आउँदैनन् सहकारी विज्ञ धर्मनन्द दाहालले भने,संस्थाको बचत- ऋणको हरहिसाब देखि नीति नियम र प्रविधिको ज्ञान, सहकारी बुझ्ने,सहकारीका विनियम लेख्ने देखि हरेक कुरामा शिक्षक नै अगाडि रहेको हुँदा अब सहकारी क्षेत्रमा पढेलेखेका व्यक्तिको कमी हुने र सहकारीमा समस्या थपिने संकेत रहेको उनले सुनाए । 

जन जागरणका अध्यक्ष सहित ७ जना शिक्षकले समितिबाट राजीनामा दिने तयारी गरेका छन् । त्यसैगरी यहाँका ४२ सहकारीका अन्य  ६० बढी शिक्षकले पनि संस्थाको सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष सचिव, कोषाध्यक्ष, सहसचीव, लेखा समिति तथा सदस्य सञ्चालक पदबाट राजीनामा दिने छन् । 

वैतेश्वरमा जिल्लाको दर्ता अभिलेख अनुसार ७६ वटा सहकारी दर्ता भएको भए पनि हाल ४५ वटा सहकारी मात्रै सञ्चालनमा रहेको वैतेश्वर गाउँपालिकाका सहकारी शाखा प्रमुख मुक्ति प्रसाद दाहालले बताए।उनका अनुसार २१ वटा सहकारी निष्क्रिय र एउटा खारेज गरिएको छ ।

त्यसैगरी ३ वटा सहकारी एकीकरण गरेर सञ्चालनमा रहेका छन् । स्थानीय सरकार लागु भएपछि यस पालिकामा १० वटा नयाँ सहकारी दर्ता भएका थिए । – सुवास बस्नेत/दोलखा

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ५ : ०६ बजे

हत्या मुद्धामा दोषी ठहर ४५ वर्षपछि पक्राउ

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ

एमाले विधान महाधिवेशन – ‘मनमा विद्या मुखमा ओली’

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा १० वटा समूहगत छलफलमा नेतृत्वका

एमालेको विधान महाधिवेशनले पारित गर्‍यो २८ बुँदे प्रस्ताव

काठमाडौँ- नेकपा एमालेको भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा

रसियाद्वारा युक्रेनमा ८०५ ड्रोन र १३ मिसाइल प्रहार

किभ – युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति