नेपाली सेनाको हेलिकप्टरमार्फत काभ्रेबाट एक सुत्केरीको उद्धार « Khabarhub

नेपाली सेनाको हेलिकप्टरमार्फत काभ्रेबाट एक सुत्केरीको उद्धार


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रे– जिल्लाको विकट खानीखोला गाउँपालिकाको फुलडाडाँबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

गाउँपालिकाको समन्वयमा फुलडाडाँको रोचक श्रेष्ठको श्रीमती १९ वर्षीय आयुष्मा ब्लोनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

लामो समयसम्म बेथा लागेको तथा दिसा पिसाब रोकिएका कारण आयुष्माको स्वास्थ्य अवस्था जटिल बनेको थियो । उनलाई खानीखोलाको गाउँपालिका केन्द्रस्थित ताल्ढुंगा स्वस्थ चौकीको बर्थिङ सेन्टर ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौंस्थित प्रसूति गृह थापाथलीमा लगिएको हो ।

खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङले राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भएपछि पहिलो पटक गाउँपालिकाबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार भएको जानकारी दिए ।

अध्यक्ष थिङले डाँडापारि क्षेत्रमा अस्पताल नभएको स्वास्थ्य चौकीमा उपकरण अभावकै कारण पनि आतपमा हेलिकप्टरबाट सहरमै लैजानुपर्ने बाध्यता रहेको बताए ।

महिला तथा बालबालिका मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्दै आएको छ । कार्यविधि अनुसार सुत्केरी पोषण स्याहार तथा यातायातबापत २० हजार रुपैयाँ उपलब्ध गराइन्छ ।

सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ५ : २१ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका