ग्रीसको आर्थिक नीति सशक्त बन्दै : कर छुट र श्रमिक हितमा जोड « Khabarhub

ग्रीसको आर्थिक नीति सशक्त बन्दै : कर छुट र श्रमिक हितमा जोड


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एथेन्स– ग्रीसका प्रधानमन्त्री क्यरियाकोस मित्सोताकिसले शनिबार २०२६ का लागि १.६ अर्ब युरो (लगभग १.८८ अर्ब अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज सार्वजनिक गरेका छन्  । 

थेसालोनिकी अन्तर्राष्ट्रिय मेलाको ८९औं संस्करणमा सम्बोधन गर्दै प्रधानमन्त्रीले कर छुट, पारिवारिक सहायता तथा युवा श्रमिकहरूको हितलाई ध्यानमा राखेर विभिन्न प्रोत्साहनात्मक उपायहरू घोषणा गरे ।

उक्त योजनाअनुसार सबै करदाताहरूका लागि आम्दानी करमा स्थायी रूपमा दुई प्रतिशत अंकले कटौती गरिनेछ । २५ वर्षमुनिका श्रमिकहरू, जसको वार्षिक आम्दानी २० हजार युरोसम्म छ, तिनीहरूलाई कर छुट दिइनेछ । 

साथै, चार वा सोभन्दा बढी सन्तान भएका परिवारहरूले आम्दानी कर तिर्नु नपर्ने व्यवस्था गरिएको छ । मध्यम वर्गीय नागरिकहरूले पनि कर दरमा राहत पाउनेछन् भने पेन्सनप्राप्त नागरिकहरू तथा सुरक्षाकर्मीहरूको पारिश्रमिकमा वृद्धिको व्यवस्था गरिनेछ ।

प्रधानमन्त्री मित्सोताकिसले आर्थिक वृद्धिको निरन्तरता, कर छलविरुद्धका सुधार प्रयास र वित्तीय अनुशासनका कारण यस्ता कदमहरू सम्भव भएको उल्लेख गरे ।

यद्यपि, देशका विभिन्न सहर  थेसालोनिकी र एथेन्समा केही नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै उक्त प्याकेजलाई अपर्याप्त ठानेको जनाएका छन् । प्रदर्शनकारीहरूले भ्रष्टाचारसम्बन्धी केही घटना र विगत वर्ष भएको रेल दुर्घटनाप्रति सरकारको प्रतिक्रिया प्रति असन्तुष्टि व्यक्त गरेका थिए । रासस

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : ५८ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको