उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण « Khabarhub

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण कार्यको स्थलगत निरीक्षण गरेका छन् । 

आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै उपप्रधान एवं शहरी बिकासमन्त्री सिंहले निर्माणको कार्य सन्तोषजनक रहेको बताए । 

निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरूले प्याराफिट र फ्लड लाइट जडान कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए । 

सिंहले बर्षा र मैदानका लागि आवश्यक सामाग्री विदेशबाट ल्याउनुपरेकाले निर्माण कार्य सम्पन्न हुन केही समय लागेको उल्लेख गरे । आगामी असोज २ गतेभित्र तीन वटा फ्लड लाइट जडान सम्पन्न हुने उनले बताए । उनले पहिलो चरणको कार्य सकिएपछि दोस्रो चरणमा १५ हजार सिट थप गर्ने गरी काम अघि बढाइने जानकारी दिए । 

तोकिएको समयमा निर्माण नसकेकाले निर्माण कम्पनीलाई जरिवाना गरेको र जरिवाना गरेपछि निरन्तर कार्य भइरहेको उनले बताए ।

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारा पिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : १६ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका