उपभोग्यवस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन मुख्यसचिव अर्यालको निर्देशन | Khabarhub Khabarhub

उपभोग्यवस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन मुख्यसचिव अर्यालको निर्देशन


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुख्यसचिव एकनारायण अर्यालले आसन्न चाडपर्वमा उपभोग्य वस्तुको सहज आपूर्तिका लागि बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिन निर्देशन दिएका छन्  । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकमा उनले उपभोग्य वस्तु सुपथ मूल्यमा सहज रूपमा उपलब्ध गराउन साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका हुन् ।

मुख्यसचिव अर्यालले भने, ‘चाडपर्वमा उपभोग्य वस्तुको सहज उपलब्धता, महँगी नियन्त्रण तथा नापतौलमा हुने ठगी नियन्त्रण गर्न संयुक्त बजार अनुगमन आवश्यक छ । यस वर्ष राज्यका सबै संयन्त्रले देखिने गरी काम गर्नुपर्छ । यसमा तपाईँहरू गम्भीर भएर लाग्नुस् ।’

उनले प्रमुख जिल्ला अधिकारी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र व्यापार कम्पनीले संयुक्त अनुगमनका लागि तीन दिनभित्र आवश्यक व्यवस्थापन गर्न निर्देशन दिए । उ

नले बजार अनुगमन, कालोबजारी, अखाद्य वस्तुको बिक्री वितरण रोक्न सरोकार भएका सबै निकायबीच प्रभावकारी समन्वय जरुरी रहेकामा जोड दिए । ‘

अनलाइन’ मार्फत बसको टिकट बिक्री प्रणाली र क्षमताका आधारमा मात्रै टिकट बिक्री वितरणको व्यवस्था मिलाउन पनि यातायात व्यवस्था विभागलाई मुख्यसचिव अर्यालले निर्देशन दिए । 

उनले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्न तीन वटै सुरक्षा निकायलाई आग्रह गरे । राजस्व छली नियन्त्रण तथा सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउन अर्यालले गृह मन्त्रालयलाई समन्वयका लागि आग्रह गरे। 

उनले भने, ‘राजस्व छली नियन्त्रण, वस्तु खरिदको वास्तविक बिल बीजकको सुनिश्चित गरिनुपर्छ । वीरगञ्जमा सामान ‘लोड’ हुन्छ । ठमेलमा बिल बन्छ, यो बदमासी कडाइका साथ नियन्त्रण हुनुपर्छ । व्यावसायिक प्रशासनको प्रत्याभूति दिन सक्नुपर्छ । सुनको बदमासीलाई पनि नियन्त्रण गरिनुपर्छ ।’

मुख्यसचिव अर्यालले प्रदेश र स्थानीय तहका प्रमुखले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बजार अनुगमनलगायत क्रियाकलापमा सक्रियता देखाउनुपर्नेमा जोड दिए  । 

बैठकबाट भएका निर्णयको कार्यान्वयनको प्रगति समीक्षा गर्न दसैँअगाडि बैठक बस्ने जानकारी दिँदै उनले आआफ्नो क्षेत्रमा इमानदारिताका साथ क्रियाशील हुन सबैलाई सचेत गराए । 

बैठकमा गृह सचिव गोकर्णमणि दुवाडीले चाडपर्वमा महँगी र कालोबजारी नियन्त्रणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न पनि आग्रह गरे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले चाडपर्वलक्षित खाद्य सहजताका लागि देशभर सुपथ मूल्य पसल खोलिने र आपूर्ति व्यवस्थालाई सहज बनाइने विश्वास दिलाए । उनले उपभोग्य वस्तुको आपूर्ति सहजता र बजार अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गरे ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशवकुमार शर्माले वर्षाले अवरुद्ध सडक सञ्चालन गर्न र सवारी आवागमनलाई व्यवस्थित बनाउन लागिपर्ने बताए । उनले दसैँमा बसको यात्रालाई व्यवस्थित बनाउन अनलाइन ‘टिकेटिङ’को व्यवस्था गरिने उल्लेख गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले जनताले अनुभूत गर्नेगरी सेवा प्रवाह गरिनुपर्नेमा जोड दिए । उनले पर्यटक व्यवस्थापन र सुरक्षा प्रणाली बलियो बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
 
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चाडपर्वको समयमा यात्रु आगमनलाई सहज बनाउन विमानस्थलको उडान समयावधि बढाउने र उडान सङ्ख्या थपेर यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्‍याउन पहल गरिने बताए ।
     
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्वलक्षित सुरक्षा योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताए । रासस

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : ३३ बजे

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना

प्रचण्डले भने : भ्रष्टाचारविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले

दुर्गेश थापा भन्छन् : जेनजी भविष्यको नेतृत्वकर्ता हो

काठमाडौं – चर्चित गायक दुर्गेश थापाले नयाँ पुस्ता ‘जेन–जी’ लाई