बालेनपछि प्रकाश सपुतले भने- ‘जेनरेसन जेड’ आन्दोलनमा उत्रिनू « Khabarhub

बालेनपछि प्रकाश सपुतले भने- ‘जेनरेसन जेड’ आन्दोलनमा उत्रिनू


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चर्चित गायक प्रकाश सपुतले सामाजिक सञ्जालमार्फत् नयाँ पुस्तालाई आन्दोलनमा सहभागिता जनाउन आग्रह गरेका छन्।

आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले सुनिल (२५) र सचिन (२६) नाम गरेका युवालाई सम्बोधन गर्दै भनेका छन्, ‘भोलि तिमीहरू पनि जानु, केही बोल्नै पर्दैन। अनुहारमा प्रष्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै कुरा बोलेको हुनेछ।’

सपुतले आफ्नो पुस्ताले पनि जीवनमा आन्दोलन र युद्ध भोगेको तर त्यसको नेतृत्व गरेका व्यक्तिहरूले योगदानभन्दा बढी फाइदा उठाएको आरोप लगाएका छन्। उनले अब नयाँ पुस्ताले अलग ढंगले आवाज उठाउनुपर्नेमा जोड दिएका छन्।

स्टाटसमा उनले युवालाई संयमित, धैर्यवान र निरन्तर आन्दोलनमा उभिन प्रेरित गरेका छन्। उनले थपे, ‘जनताको आवाज र आन्दोलन दबाउन सक्नेहरूले एक्कै पटकमा मान्ने छैनन्। बुझाउन र गलाउन तिमीहरू पटक–पटक उभिनु पर्नेछ।’

सपुतले आफ्ना दुई भाइका खातामा युट्युब आम्दानीबाट आएको २५–२५ हजार रुपैयाँ पठाएको उल्लेख गर्दै त्यो पैसाले आन्दोलनमा सहभागी साथीहरूलाई पानी वितरण गर्न निर्देशन दिएका छन्।

उनले आगामी पुस्ताको आन्दोलनलाई ‘जेन जेडको सांकेतिक प्रदर्शन’ भन्दै यसले पुराना नेताहरूलाई समय धेरै अगाडि भइसकेको छ भन्ने गहिरो अनुभूति दिलाउने विश्वास व्यक्त गरेका छन्।

सपुतले अन्त्यमा आन्दोलनमा जाने युवाहरूलाई सुरक्षित फर्किन आग्रह गर्दै परिवारले घरमा प्रतीक्षा गरिरहेको सम्झन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : २२ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका