बालेनपछि प्रकाश सपुतले भने- ‘जेनरेसन जेड’ आन्दोलनमा उत्रिनू « Khabarhub

बालेनपछि प्रकाश सपुतले भने- ‘जेनरेसन जेड’ आन्दोलनमा उत्रिनू


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चर्चित गायक प्रकाश सपुतले सामाजिक सञ्जालमार्फत् नयाँ पुस्तालाई आन्दोलनमा सहभागिता जनाउन आग्रह गरेका छन्।

आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले सुनिल (२५) र सचिन (२६) नाम गरेका युवालाई सम्बोधन गर्दै भनेका छन्, ‘भोलि तिमीहरू पनि जानु, केही बोल्नै पर्दैन। अनुहारमा प्रष्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै कुरा बोलेको हुनेछ।’

सपुतले आफ्नो पुस्ताले पनि जीवनमा आन्दोलन र युद्ध भोगेको तर त्यसको नेतृत्व गरेका व्यक्तिहरूले योगदानभन्दा बढी फाइदा उठाएको आरोप लगाएका छन्। उनले अब नयाँ पुस्ताले अलग ढंगले आवाज उठाउनुपर्नेमा जोड दिएका छन्।

स्टाटसमा उनले युवालाई संयमित, धैर्यवान र निरन्तर आन्दोलनमा उभिन प्रेरित गरेका छन्। उनले थपे, ‘जनताको आवाज र आन्दोलन दबाउन सक्नेहरूले एक्कै पटकमा मान्ने छैनन्। बुझाउन र गलाउन तिमीहरू पटक–पटक उभिनु पर्नेछ।’

सपुतले आफ्ना दुई भाइका खातामा युट्युब आम्दानीबाट आएको २५–२५ हजार रुपैयाँ पठाएको उल्लेख गर्दै त्यो पैसाले आन्दोलनमा सहभागी साथीहरूलाई पानी वितरण गर्न निर्देशन दिएका छन्।

उनले आगामी पुस्ताको आन्दोलनलाई ‘जेन जेडको सांकेतिक प्रदर्शन’ भन्दै यसले पुराना नेताहरूलाई समय धेरै अगाडि भइसकेको छ भन्ने गहिरो अनुभूति दिलाउने विश्वास व्यक्त गरेका छन्।

सपुतले अन्त्यमा आन्दोलनमा जाने युवाहरूलाई सुरक्षित फर्किन आग्रह गर्दै परिवारले घरमा प्रतीक्षा गरिरहेको सम्झन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : २२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने