जेनजी अभियानका संयोजकहरुसँग दुर्गा प्रसाईँको भेट « Khabarhub

जेनजी अभियानका संयोजकहरुसँग दुर्गा प्रसाईँको भेट


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार हुने प्रदर्शनको पूर्वसन्ध्यामा मेडिकल व्यवसायी एवम् सामाजिक अभियन्ता दुर्गा प्रसाईँले जेनजी अभियानका संयोजकहरुसँग भेटवार्ता गरेका छन् । प्रसाईँसँग भेट गर्न संयोजकहरु उनकै घर पुगेका थिए । सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै प्रसाईँले यसबारे जानकारी दिएका हुन् ।

भेटवार्ताका क्रममा संयोजकहरुसँग छोटो तर सार्थक संवाद भएको प्रसाईँले उल्लेख गरेका छन् ।

पोस्टमा उनले लेखेका छन्– ‘आज कार्यक्रमको पूर्वसन्ध्यामा जेन–जीका संयोजक भाइबहिनीहरूलाई मेरो निजी निवासमा स्वागत गर्ने सौभाग्य पाएँ । छोटो तर सार्थक संवादले अझ प्रष्ट पारिदियो कि हामीले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेछन् ।’

उनले संवादपछि कुनै आन्दोलन उमेरको विषय नभएको निष्कर्षमा पुगेको उनको भनाइ छ । उनले लेखेका छन्– ‘भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ । त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो ।’

उनले भ्रष्टाचारविरुद्धको आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सोमबारको प्रदर्शनमा चैत १५ गतेजस्तो दमन नहोस भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : ५० बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने