जेनजी अभियानका संयोजकहरुसँग दुर्गा प्रसाईँको भेट « Khabarhub

जेनजी अभियानका संयोजकहरुसँग दुर्गा प्रसाईँको भेट


२२ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार हुने प्रदर्शनको पूर्वसन्ध्यामा मेडिकल व्यवसायी एवम् सामाजिक अभियन्ता दुर्गा प्रसाईँले जेनजी अभियानका संयोजकहरुसँग भेटवार्ता गरेका छन् । प्रसाईँसँग भेट गर्न संयोजकहरु उनकै घर पुगेका थिए । सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै प्रसाईँले यसबारे जानकारी दिएका हुन् ।

भेटवार्ताका क्रममा संयोजकहरुसँग छोटो तर सार्थक संवाद भएको प्रसाईँले उल्लेख गरेका छन् ।

पोस्टमा उनले लेखेका छन्– ‘आज कार्यक्रमको पूर्वसन्ध्यामा जेन–जीका संयोजक भाइबहिनीहरूलाई मेरो निजी निवासमा स्वागत गर्ने सौभाग्य पाएँ । छोटो तर सार्थक संवादले अझ प्रष्ट पारिदियो कि हामीले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेछन् ।’

उनले संवादपछि कुनै आन्दोलन उमेरको विषय नभएको निष्कर्षमा पुगेको उनको भनाइ छ । उनले लेखेका छन्– ‘भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ । त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो ।’

उनले भ्रष्टाचारविरुद्धको आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सोमबारको प्रदर्शनमा चैत १५ गतेजस्तो दमन नहोस भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ७ : ५० बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच