रसियाद्वारा युक्रेनमा ८०५ ड्रोन र १३ मिसाइल प्रहार « Khabarhub

रसियाद्वारा युक्रेनमा ८०५ ड्रोन र १३ मिसाइल प्रहार


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति रसियाले युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार गरेको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ८ः३० बजेसम्म वायु रक्षा प्रणालीले ७४७ वटा ड्रोन र चारवटा ‘इस्कान्दर–क’ प्रकारका क्रुज मिसाइलहरूलाई असफल पारेको युक्रेनी वायु सेनाले जनाएको छ ।

यस आक्रमणका क्रममा राजधानी किभस्थित सरकारी भवनमा आगलागी समेत भएको बताइएको छ । आपतकालीन सेवाका कर्मचारीहरू आगो नियन्त्रणमा लिनका लागि अहोरात्र खटिएका छन् ।

प्रधानमन्त्री युलिया स्विरिदेन्कोले टेलिग्राममार्फत् जानकारी दिँदै भने,“युद्ध सुरु भएयता पहिलो पटक सरकारी भवनको छाना र माथिल्ला तल्लाहरूमा प्रत्यक्ष क्षति पुगेको छ ।” प्रधानमन्त्री स्विरिदेन्कोका अनुसार राजधानी किभसँगै क्रिभी रिह, ड्निप्रो, क्रेमेन्चुक र ओडेसा जस्ता शहरहरूमा पनि क्षति पुगेको छ ।

युक्रेनको आपतकालीन सेवा विभागले राजधानी किभमा भएको हमलाका कारण एक आमासहित दुई महिनाका शिशुको दुर्भाग्यपूर्ण रूपमा मृत्यु भएको जनाएको छ, भने २० जनाभन्दा बढी नागरिकहरू घाइते भएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ८ : ०७ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने