प्रचण्डले भने : भ्रष्टाचारविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक « Khabarhub

प्रचण्डले भने : भ्रष्टाचारविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्धको कडा आलोचना गरेका छन् ।

प्रचण्डले आइतबार आफ्नो फेसबुकमार्फत स्टाटस लेख्दै सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धलाई गलत निर्णय बताएका हुन् । उनले स्टाटसमा भनेका छन्, “सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ।”

उनले सरकारलाई चेतावनी दिंदै शान्तिपूर्ण आन्दोलनलाई दबाउन बल प्रयोग नगर्न आग्रह गरे । “प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ,” प्रचण्डले लेखेका छन् ।

प्रचण्डको यस अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आएका छन् । कतिपयले उनको अभिव्यक्तिलाई समर्थन गर्दै स्वतन्त्र अभिव्यक्तिमाथि रोक अस्वीकार्य भएको बताएका छन् भने कतिपयले यसलाई राजनीतिक लाभ उठाउने प्रयासको रूपमा पनि व्याख्या गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ९ : २९ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी