जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ « Khabarhub

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना श्रेष्ठले भोलि (सेप्टेम्बर ८) हुने जेनजी आन्दोलनलाई पूर्ण समर्थन जनाएको छन् ।

सामाजिक सञ्जालमा आइतबार स्टाटस लेख्दै श्रेष्ठले भ्रष्टाचारले सीमा नाघिसकेको र अब युवा पुस्ताले अघि बढ्नुपर्ने समय आएको उल्लेख गरेकी हुन् । उनले लेखेकी छन्, “यो देश कोही आएर बनाइदिने होइन। भ्रष्टाचारले सिमा नाघिसक्यो, कोही अरु आएर हटाइदिने होइन। त्यसैले जुट्नुस्, अघि बढ्नुस्।”

श्रेष्ठले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदममाथि पनि आपत्ति जनाउँदै संसद्‌मै आफूले प्रश्न उठाउने बताइन् । उनले लेखेकी छन्, “देशको कानून बनाउने संसद्‌ले हो, सामाजिक सञ्जाल सम्बन्धी विधेयक संसद्‌मा विचाराधीन छ। व्यक्तिको वाक स्वतन्त्रतामा प्रश्न उठ्ने गरी सरकारलाई यति धेरै शक्ति दिने प्रावधानमा मेरो कडा विमति छ।”

उनले आन्दोलनलाई सफल र दिगो बनाउन तीन पक्षलाई विशेष अनुरोध गरेकी छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ९ : ५० बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका