कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस् « Khabarhub

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाटै जेनजी आन्दोलनमा समर्थन जनाएका छन् । उनले आइतबार निजी सचिवालयमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा भोलिदेखि सुरु हुन लागेको युवापुस्ताको आन्दोलनलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गरेका छन्।

लामिछानेले भनेका छन्, “शासकहरूले तपाईंहरुलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । तर तपाईँहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ।”

उनले भोलिको दिनलाई इतिहासको नयाँ सुरुवात भएको दिनका रूपमा वर्णन गर्दै युवाहरूलाई सचेत रहन र विवेकपूर्वक अघि बढ्न आग्रह गरेका छन्। लामिछानेले आन्दोलनमा घुसपैठ र उत्तेजना हुने सम्भावना औंल्याउँदै संयमता अपनाउन सुझाव दिएका छन्।

“तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ,” भन्दै लामिछानेले नख्खु जेलको कालकोठरीबाटै शुभेक्षा, सद्भाव र ऐक्यबद्धता प्रकट गरेका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ११ : ०० बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले