आज २०८२ साल असोज २१ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज २१ गते मंगलबारको राशिफल


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज २१ गते मंगलबार । आश्विन शुक्ल पक्षको पूर्णिमा तिथि । तदनुसार सन् २०२५ अक्टोबर ७ तारिख । कात्तिक स्नान प्रारम्भ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता बढाउने छ। स्वास्थ्य उपचारमा भए सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। काम सफल बन्नेछ। मनमा खुशी बढ्नेछ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। व्यापारमा विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्य र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ।

मिथुन : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। आफ्नो मूल्यांकन गर्न नसक्दा खटपटी बढे पनि समयले साथ दिनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारबाट नाफा हुनेछ। सम्पत्ति खर्च भए पनि राजनीतिमा तपाईंको चर्चा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासबाट लाभ हुनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुन्छ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्ने जोखिम छ। साथीसँगको सहकार्यमा अवरोध सिर्जना हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। यात्रा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा अगाडि बढ्दा दिन सहज बन्नेछ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी लगानीबाट नाफा हुनेछ। विपक्षी शान्त रहेकाले सोचेको काम गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमा विकल्प देखिने छन्। परिवारको हातबाट गरेको लगानीबाट प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थयमा समस्या बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु उचित हुन्छ।

धनु : दिन सामान्य छ। सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ। लगानी नगर्नु उचित हुन्छ। परिवालाई समय दिन नसक्दा खटपटी बढ्नेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। नेतृत्वको साथ र सहयोग मिल्नेछ। विपक्षी बौद्धिक भएकाले नम्र भएर काम गर्नुपर्नेछ। शिक्षामा फाइदा हुने योग छ। संकटमा परिवारको साथ मिल्नेछ।

कुम्भ : दिन राम्रो छ। सानो कुराले काममा अवरोध हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने छ। धार्मिक क्षेत्रमा समय कटाएमा दिन सहज बन्नेछ। धार्मिक क्षेत्रमा तपाईंको रुचि बढ्नेछ।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति नभए पनि परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : ०५ बजे

म्याग्दीको दरखोलामा पुल नबन्दा स्थानीयलाई समस्या

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा

काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं

निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र

चितवन– फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै

मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग

दाङ– मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक