आकाशदीप दान र कार्तिक स्नान सुरु : तुलसीको विशेष पूजा आजैदेखि « Khabarhub

आकाशदीप दान र कार्तिक स्नान सुरु : तुलसीको विशेष पूजा आजैदेखि


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदैछ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ। आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ। आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानगरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ। तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ। आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जनाकारी दिए।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ। यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ।

आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने सोमबार राति नै मनाइएको छ। मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान सुरु, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको समितिका सदस्य भट्टराईले सुनाए।

वैदिक सनातन धर्ममा कार्तिक मासमा गरिने स्नान र दानको ठूलो महत्त्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ। कार्तिक मासमा गरिएको दान अक्षय हुने भएकाले देउसीभैलो खेल्नेलाई पनि दान दिने प्रचलन सुरु भएको हो।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ६ : १८ बजे

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका

बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता

काठमाडौं- सरकार गठनको चार महिनापछि प्रधानमन्त्री वालेन्द्र शाह कूटनीतिक भेटघाटमा

हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई बङ्गलादेशको आग्रह

एजेन्सी– बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई

त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी

एजेन्सी– इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको