अभ्यास खेलमा कतारमाथि नेपाल १६ रनले विजयी « Khabarhub

अभ्यास खेलमा कतारमाथि नेपाल १६ रनले विजयी


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ।

ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई हराएको थियो।

नेपालले जितका लागि दिएको १७१ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १५४ रनमा समेटियो।

कतारका मोहम्मद तनबिरले ३७ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५१ रन बनाए।

त्यस्तै मिर्जा मोहम्मद बेगले २७ बलमा चार छक्कासहित ४० तथा मोहम्मद असिमले ३० रन बनाए।

नेपालका लागि करणले केसीले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले समान एक÷एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो।

नेपालका कुशल भुर्तेलले ३३ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले २१ बलमा एक चौका र तीन छक्कासहित ३८ रन बनाए भने कुशल मल्ल २९ बलमा एक चौका र दुई छक्कासहित ३८ रनमा अविजित रहे। आरिफ शेखले १३, ओपनर आसिफ शेखले ११ तथा रोहित पौडेलले आठ रन बनाए।

कतारका लागि शरिक मुनिर र मोहम्मद इक्रामउल्लाले समान दुई/दुई विकेट लिए।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ६ : ४७ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी