अभ्यास खेलमा कतारमाथि नेपाल १६ रनले विजयी « Khabarhub

अभ्यास खेलमा कतारमाथि नेपाल १६ रनले विजयी


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ।

ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई हराएको थियो।

नेपालले जितका लागि दिएको १७१ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १५४ रनमा समेटियो।

कतारका मोहम्मद तनबिरले ३७ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५१ रन बनाए।

त्यस्तै मिर्जा मोहम्मद बेगले २७ बलमा चार छक्कासहित ४० तथा मोहम्मद असिमले ३० रन बनाए।

नेपालका लागि करणले केसीले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले समान एक÷एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो।

नेपालका कुशल भुर्तेलले ३३ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले २१ बलमा एक चौका र तीन छक्कासहित ३८ रन बनाए भने कुशल मल्ल २९ बलमा एक चौका र दुई छक्कासहित ३८ रनमा अविजित रहे। आरिफ शेखले १३, ओपनर आसिफ शेखले ११ तथा रोहित पौडेलले आठ रन बनाए।

कतारका लागि शरिक मुनिर र मोहम्मद इक्रामउल्लाले समान दुई/दुई विकेट लिए।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ६ : ४७ बजे

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत