क्षतिग्रस्त बीपी राजमार्गमा अस्थायी सडक बनाइँदै | Khabarhub Khabarhub

क्षतिग्रस्त बीपी राजमार्गमा अस्थायी सडक बनाइँदै


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काभ्रे– यही असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनः अस्थायी सडक डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइतबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन निर्माण गर्न थालेको हो । गत वर्षको असोजमा बाढीपहिरोबाट क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो । सोही क्षेत्रको सडकखण्ड शनिबार र आइतबारको बाढीपहिरोले पुनः क्षतिग्रस्त बनाएको हो ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीनचार स्थानबाट अस्थायी सडक बनाउन सुरु गरिने कार्यालयका सूचना अधिकारी इञ्जिनियर बिन्दु अधिकारीको भनाइ छ । उनका अनुसार रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले पानीको सतहभन्दा उचाइमा डाइभर्सन पुनर्निर्माण गरिनेछ ।

शनिबार र आइतबारको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि सोमबारदेखि नै पुनः डाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए ।

उनका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले बीपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा एक्साभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो ।

सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबुद्धको चौकीडाँडासम्मको विभिन्न स्थानमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रुपमा उक्त राजमार्ग अवरुद्ध भएको हो । हाल वैकल्पिक मार्गका रुपमा सवारीसाधन खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाडौं आवतजावत भइरहेका छन् ।

बीपी राजमार्गअन्तर्गत चौकीडाँडा, घुमाउने, माम्तीलगायतका क्षेत्रमा रोशी खोलाले राजमार्ग कटान गरेका कारण पैदल यात्रासमेत गर्नसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । (रासस) 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ७ : ४२ बजे

काठमाडौंको टेकु दोभानमा एक महिलाको शव फेला

काठमाडौं– काठमाडौंको विष्णुमती नदीको टेकु दोभानमा एक महिलाको शव फेला

सडक खुलेसँगै काठमाडौं भित्रिने यात्रु बढे (तस्बिरहरू)

काठमाडौं– बडादशैँ सकिएसँगै गाउँघरबाट काठमाडौं फर्किने यात्रुको चाप बढेको छ

टी–२० सिरिज : मलेसियाले नेपाललाई दियो ११२ रनको चुनौती

काठमाडौं – अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा मलेसियाले नेपाललाई ११२

तीन वैज्ञानिकलाई चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार

काठमाडौं – शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई यस

बाढीपहिरोले काभ्रेका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध

काभ्रे– गत शुक्रबारदेखि आइतबारसम्मको अविरल वर्षा पछिको बाढीपहिरोले काभ्रेका चार