बागलुङको हुकुर्थुमका ४३ घरमा खानेपानीको पहुँच « Khabarhub

बागलुङको हुकुर्थुमका ४३ घरमा खानेपानीको पहुँच


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– २ हुकुर्थुममा ‘एक घर, एक धारा’ सञ्चालनमा आएको छ । बडिगाड गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको लगानी र स्थानीयको जनश्रमदानबाट  हुकुर्थुमका४३ घरमा धारा निर्माण गरिएको हो ।

सो संस्थाको १५ लाख ६५ हजार, बडिगाड गाउँपालिकाको चार  लाख ७२ हजार र जनश्रमदान ६ लाख चार हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाइ आयोजनाका अध्यक्ष केशवबहादुर कुमालले जानकारी दिए । यस अगाडि स्थानीयले गाउँमा रहेको पाँच वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उनको भनाइ छ ।

सीमित धाराबाट सिङ्गो गाउँले पानी उपभोग गर्दा निकै समस्या भोग्नु परेको भन्दै घर–घरमा धारा बनेपछि स्थानीयको दैनिकी नै फेरिन थालेको अध्यक्ष कुमालले बताए । एक घर, एक धारा बनेपछि एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको उनको भनाइ छ ।

अध्यक्ष कुमालले भने, ‘वर्षौँदेखि गाउँमा खानेपानीको समस्या थियो, यस वर्ष बल्ल समाधान भयो, घरको आँगनमै खानेपानी झर्न थालेपछि हामीहरूलाई धेरै सहज भएको छ, पहिले सरसफाइ गर्न, बस्तुभाउलाई खुवाउन साह्रै समस्या हुन्थ्यो, अब त करेसाबारीमा तरकारी खेती गर्न पनि सकिने भयो, घण्टौँ लाइन बस्नु पर्ने बाध्यताको अन्त्य भयो ।’

नेवा संस्थाका कार्यक्रम अधिकृत विनोद कोइरालाले व्यक्तिगत र सार्वजनिक गरि ४५ धारा निर्माण गरेको जानकारी दिनुभयो । हुकुर्थुममा दुई किलोमिटर टाढा रहेको मरुवाईझ्याल मुहानबाट पाइप लाइनमार्फत पानी लिएर एक घर, एक धारा निर्माण गरेको उहाँको भनाइ छ ।

गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेका र समाधानका लागि माग गरेपछि गाउँपालिकासँग सहकार्य गरेर धारा निर्माण गरेको अधिकृत कोइरालाले बताए । (रासस)

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : २३ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको