बाढीपहिरोले काभ्रेका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध « Khabarhub

बाढीपहिरोले काभ्रेका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रे– गत शुक्रबारदेखि आइतबारसम्मको अविरल वर्षा पछिको बाढीपहिरोले काभ्रेका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् ।

ती गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा आवतजावतमा केही दिन पर्खनुपर्ने बाध्यता रहेको जनाइएको छ ।

जिल्लाको खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका जाने सडक पहिरोले अवरुद्ध भएका हुन् । केही गाउँपालिकाले भने सोमबारदेखि आवश्यक उपकरणसहित सडक खुलाउन थालेका छन् ।

बाढीपहिरोले अति विकट महाभारत पर्वत श्रृङ्खलापारी (डाडाँपारी) का दुई गाउँपालिका जाने सडक पूर्णरुपमा बन्द भएको हो । विशेषगरी त्यस क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारत जाने सडक खुल्न हप्ता दिन लाग्ने स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् ।

महाभारतमा सडक, विद्युत् र सञ्चार–सम्पर्कबाट विच्छेद भएको छ । सडक अवरुद्ध भएका कारण महाभारत जाने कुनै विकल्पिक सडक नभएको अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार गाउँपालिका कार्यालय जाने मुख्य सडकसहित विभिन्न वडामा जाने सबै सडक विभिन्न ठाउँमा अवरुद्ध भएको छ ।  जिम्बाका अनुसार मुख्यगरी महाभारत जाने बीपी राजमार्गसँग जोडिएका चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाडाँखर्क र पिप्ले–भीमखोरी खण्डका सडक सबै अवरुद्ध भएका छन् ।

यस्तै डाँडापारी अवस्थित गाउँपालिका खानीखोला जाने सबै सडक अवरुद्ध भएकाले मर्मत गरी सडक खुलाउन केही समय लाग्ने अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार सोमबारदेखि सडक खुलाउन मेसिन प्रयोग भइसकेको छ । उनले एकदुई दिनमै विद्युत् सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति खटाएको बताए ।

रोशीको सडकअन्तर्गत बीपी राजमार्गका विभिन्न स्थानमा अस्थायी डाइभर्सन कटान गरेपछि विभिन्न वडा जाने सडक अवरुद्ध भएको छ । चौकीडाँडा र घुमाउनेमा सडक बनेपछि मात्र गाउँपालिका केन्द्र सडक सञ्जालसँग जोडिने अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार रोशीमा विद्युत् सेवा आंशिक रुपमा अवरुद्ध भएकाले तत्काल पूर्णरुपमा सेवा नियमित गर्न लागिएको छ ।

यसैगरि बेथानचोकमा अवरुद्ध सडक खुलाउन आइतबारदेखिले जनप्रतिनिधिहरू सक्रिय भएका छन् । अवरुद्ध मुख्य सडक खुलाउन प्राथमिकता दिइएको जनाइएको छ । गाउँपालिका कार्यालयबाट अन्य वडा जोडिने सडकलाई खुलाउन आवश्यक मेसिनहरू प्रयोग भइरहेको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले बताए । जिल्लामा बाढीपहिरोले दुईजनाको मृत्यु भएको छ भने पूर्वाधारका क्षेत्रलगायत निजी भौतिक संरचनामा निकै ठूलो क्षति भएको जनाइएको छ । (रासस)

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ९ : ०३ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको