मकवानपुरमा माइक्रो बस दुर्घटना हुँदा १६ जना घाइते « Khabarhub

मकवानपुरमा माइक्रो बस दुर्घटना हुँदा १६ जना घाइते


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका– ४ झुरझुरेमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म प्र०२–००१ ज ००७२ नम्बरको सो गाडी भित्री बाटोबाट हाइवेतर्फ निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सामा खसेको थियो ।  घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् ।

घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय साम्भी पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : ०७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका