टी–२० सिरिज : मलेसियामाथि नेपाल ६ विकेटले विजयी « Khabarhub

टी–२० सिरिज : मलेसियामाथि नेपाल ६ विकेटले विजयी


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा मलेसियामाथि नेपाल ६ विकेटले विजयी भएको छ।

सुरुमा ब्याटिङ गरेको मलेसियाले नेपाललाई ११२ रनको चुनौती दिएको थियो। टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १११ रन बनाएको हो। मलेसियाका लागि मास एलिसाले अर्धशतक बनाइन् । ६३ बलको सामना गरेकी उनले ५६ न जोडेकी हुन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि कविता कुँवरले तीन विकेट हात पार्दा पूजा महतो र कविता जोशीले एकएक विकेट हात पारे । उत्कृष्ट बलिङ गरेकी कविताले चार ओभरमा १० रन खर्चिएर तीन विकेट हात पारेकी हुन् ।

जवाफी ब्याटिङ गरेको नेपालले १७ ओभर तीन बलमा चार विकेट गुमाएर ११५ रन बनाएको हो। नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ४८ रन बनाइन्। ३९ बलको सामना गरेकी बर्मा अर्धशतक बनाउन दुई रनले चुकेकी हुन्। कप्तान बर्मासँग उत्कृष्ट साझेदारी गरेकी रुबिना क्षेत्रीले २३ बलको सामना गर्दै २३ रन थपिन। कप्तान बर्मा र क्षेत्री नटआउट रहे।

मलेसियाका लागि आइन्ना हामीजाह, नूर दानियाँ र माहिराले एकएक विकेट हात पारे ।

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपालकी कप्तान इन्दु बर्मा । तस्बिरः क्यान

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो।

यो जितसँगै नेपालले मलेसियासँगको पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ। सिरिजको फाइनल बुधबार हुँदैछ।

तस्बिरः क्यान

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : २५ बजे

निजी शिक्षामैत्री ऐन ल्याउन पहल गर्ने हिसानको घोषणा

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले

शेखरको गुनासो- विदेशबाट युवाले आमाबुवाको अवस्था नबुझी अमुक दलको पक्षमा उक्साए

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संरक्षणका लागि

भक्तपुर–१ : उम्मेदवारहरू विकासको ‘एजेन्डा’सहित घरदैलोमा

भक्तपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसारमा जुटेका

महाशिवरात्रिपछि नागाबाबा र साधु-सन्तलाई पशुपतिनाथबाट बिदाइ

काठमाडौं– महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका

पूर्वसञ्चारमन्त्रीको गाउँमा टेलिफोनको टावर ल्याइदिने अजयबाबुको प्रतिबद्धता 

चरीकोट– नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले पूर्वसञ्चारमन्त्री एवं एमालेका हालका