महाशिवरात्रिपछि नागाबाबा र साधु-सन्तलाई पशुपतिनाथबाट बिदाइ « Khabarhub

महाशिवरात्रिपछि नागाबाबा र साधु-सन्तलाई पशुपतिनाथबाट बिदाइ


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधु सन्तलाई बिदाइ गरिएको छ ।  

मंगलबार पशुपतिनाथ मन्दिर अगाडी गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधु सन्तलाई दक्षिणा दिएर बिदाइ गरेको हो । नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधु सन्तलाई ५५१ देखि ११ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको संस्थानले जानकारी दिएको छ । 

महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधु सन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको गुठी संस्थान पशुपति शाखा कार्यालयकी प्रमुख सुशीला शर्माले जानकारी दिइन्।

उनले नागा बाबासहितका साधु सन्तलाई आ–आफ्नो पदवीका आधारका कार्ड वितरण गर्ने र त्यही अनुसार दक्षिणा दिने गरिएको बताइन् ।

संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थपेर नागा बाबासहितका साधु सन्तलाई बिदाइ गरिने प्रचलन रहेको छ ।

महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधु सन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने गरिन्छ ।  

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ३ : १९ बजे

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं