जेन-जी अलायन्सबाट अख्तियार प्रमुखको राजीनामा माग्दै दबाब पत्र दर्ता « Khabarhub

जेन-जी अलायन्सबाट अख्तियार प्रमुखको राजीनामा माग्दै दबाब पत्र दर्ता


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै आयोगमा दबाब पत्र दर्ता गराएका छन् ।

जेन-जीका १० भन्दा बढी समूहको जेन-जी मुभमेन्ट अलायन्सले मङ्गलबार संयुक्त रुपमा अख्तियार पुगेर राजीनामा दिनका लागि आग्रह गर्दै दबाब पत्र दर्ता गराएका हुन् । युवाहरूको दबाबपछि अख्तियारले उक्त पत्र दर्ता गरेको छ ।

अख्तियार प्रमुख आयुक्त राईका कार्यहरू राजनीतिक पक्षपाती रहेको र वाइडबडी घोटाला लगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा राईको नाम मुछिएकाले राजीनामा दिन आग्रह गरिएको जेन-जी युवा रिजन राना मगरले बताए । उनले राईलगायत अन्य सबै आयुक्तहरूको राजीनामा माग गर्दै अख्तियारमा निवेदन दर्ता गराएको बताए ।

देशको भ्रष्टाचार नियन्त्रण गर्ने एकमात्र निकायमा हाल रहेका प्रमुख आयुक्त र आयुक्तबाट भ्रष्टाचारका साथै दण्डहीनताको अन्त्य हुने नदेखिएकाले राजीनामा माग्नुपरेको मगरले बताए ।

युवाहरूले अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नियुक्ति गर्ने र पदमुक्त भएका आयोगका पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने जनाएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ११ : ५५ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या