०८३ को दशैँमा फिल्म ल्याउने दीपकराजको संकेत « Khabarhub

०८३ को दशैँमा फिल्म ल्याउने दीपकराजको संकेत


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार, लेखक तथा निर्माता दीपकराज गिरीले ०८३ सालको दशैँमा फिल्म ल्याउने संकेत गरेका छन् ।

दीपकराजले मंगलबार सामाजिक सञ्जालमा मार्फत् अर्को दशैँमा आफ्नो फिल्म आउने सक्ने आशय व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘हामीले पनि यो साल चलचित्र ल्याउन सकेनौं । तापनि दशैँमा प्रदर्शन भएका नेपाली चलचित्रहरुलाई दिनु भएको मायाका लागि धेरै धेरै धन्यवाद । अर्को साल दशैँमा भेटौला ।’

यो दशैँमा तीन फिल्म ‘बलिदान’ ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले फूलपातीबाट बक्स अफिस भिडन्त गरेका थिए । यी तीनै फिल्मले बक्स अफिसमा अपेक्षित ग्रस कलेक्सन गर्न सकिरहेका छैनन् ।

दीपकले यो विषयलाई पनि सांकेतिकरुपमा छोएका छन् । उनले लेखेका छन्, ‘देशको राजनीतिक अवस्थाले साथै प्राकृतिक प्रकोपकाबीच दशैँ सोचे जस्तो त पक्कै भएन होला ।’

प्रायः गरी दशैँ लक्षित गरी दीपकराजको टिमले फिल्म ल्याउने गरेको थियो । गत वर्ष ‘छक्का पञ्जा ५’ प्रदर्शनमा आउँदा अत्याधिक साइबर आक्रमण भएको बुझाइले उनले यो दशैँमा फिल्म ल्याएनन् ।

दीपक अहिले ‘छक्का पञ्जा टुर’का लागि अमेरिकामा छन् । उनीसँग कलाकार तथा निर्देशक दीपाश्री निरौला र अर्का कलाकार जितु नेपाल पनि सँगै छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १ : ५९ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००