कर्णालीमा गरिब तथा विपन्नका लागि आवास निर्माण « Khabarhub

कर्णालीमा गरिब तथा विपन्नका लागि आवास निर्माण


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्नका लागि हालसम्म चार हजार ८५६ घर निर्माण गरेको छ । जनता आवास (प्रदेश), जनता आवास (सङ्घ) र विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत कर्णालीका १० जिल्लाका विभिन्न पालिकामा घर निर्माण गरिएको हो । 

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार आर्थिक वर्ष २०८०-८१ मा जनता आवास (सङ्घ)तर्फ तीन हजार १५० घर निर्माण भएका थिए । त्यस्तै जनता आवास (प्रदेश)ले ५२२ घर गरिब तथा विपन्न स्थानीयबासीका निर्माण गरेको थियो । 

आव २०८१-८२ मा सङ्घले ३८० र प्रदेशले १८४ घर निर्माण गरेको प्रवक्ता सुवेदीले जानकारी दिए । त्यस्तै विपन्नको घरतर्फ आव २०८०-८१ मा ३९७ घर र आव २०८१-८२ मा २२३ घर निर्माण गरिएको थियो । 

आव २०८१-८२ मा जनता आवास सङ्घतर्फ सबैभन्दा बढी कालिकोटमा कालिकोटमा १८१  घर निर्माण गरिएका थिए । सुर्खेतमा १४२, दैलेखमा ३८ र जाजरकोटमा १९ घर निर्माण गरिएको छ । जनता आवास प्रदेशतर्फ सुर्खेतमा ३३, दैलेखमा १४, सल्यानमा १६, रुकुम पश्चिममा २३, जाजरकोटमा २७, डोल्पामा १४, जुम्लामा २१, मुगुमा ६, कालिकोटमा १० तथा हुम्लामा २० घर निर्माण गरिएका छन् ।

विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत सुर्खेतमा ३६, दैलेखमा ३९, सल्यानमा १३, रुकुम पश्चिममा २३, जाजरकोटमा २३, डोल्पामा ११, जुम्लामा २०, मुगुमा ८, कालिकोटमा ३० तथा हुम्लामा २० घर निर्माण गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए । आव २०८१-८२ मा ७८७ घर निर्माण गरिएका छन् ।   

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : २० बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि