धितोपत्र बोर्डमा कर्मचारीको १५ दिनदेखि आन्दोलन, सेवा प्रवाह ठप्प « Khabarhub

धितोपत्र बोर्डमा कर्मचारीको १५ दिनदेखि आन्दोलन, सेवा प्रवाह ठप्प


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)मा कर्मचारीले मंगलबार पनि आन्दोलन जारी राखेका छन् । अर्थ मन्त्रालयले सेबोनका कर्मचारीको कल्याणकोष र सुरक्षण कोष खारेज गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले दुई दशैं अघिदेखि सुरु गरेको आन्दोलनलाई जारी राखेका हुन् ।

अर्थ मन्त्रालयले असोज २ गते सेबोनलाई पत्र लेख्दै धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (ञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न भनेको थियो ।

अर्थ मन्त्रालयले गरेको सो निर्णय फिर्ता लिनुपर्ने भन्दै बोर्डमा कार्यरत विभिन्न ट्रेड युनियन सम्बद्ध कर्मचारीले माग गरेका छन् । सोमबार बोर्डका अध्यक्ष सहित केही कर्मचारीले अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख महेश आचार्यसँग छलफल गरेका थिए । तर, सो छलफलबाट कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।

सरकारले समन्वय र वार्ता गर्न नचाहँदा र कर्मचारीले पनि निरन्तर आन्दोलन गर्दा बोर्डले प्रवाह गर्ने सम्पूर्ण सेवा ठप्प भएको छ ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले आफूहरूको आन्दोलन माग पूरा नहुनेबेलासम्म जारी रहने बताएका छन् । उनले संस्थाको स्वायत्तता विपरित जारी गरिएका परिपत्र फिर्ता नलिने बेलासम्म आफूहरूको आन्दोलन जारी रहने खबरहबलाई बताए । 

साथै, १५ दिनदेखि कर्मचारीले आन्दोलन गर्दापनि सरकारको पक्षबाट सुनुवाइ गर्ने र छलफल गर्ने प्रयास नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : २७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या