राजनीतिक अनिश्चयको प्रभाव सेयर बजारमा, ५८ अंकले घट्यो नेप्से « Khabarhub

राजनीतिक अनिश्चयको प्रभाव सेयर बजारमा, ५८ अंकले घट्यो नेप्से


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक अनिश्चितताको गहिरो प्रभाव सेयर बजारमा देखा परेको छ । दशैंको लामो बिदापछि सञ्चालनमा आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ५८.५५ अंकले घटेको हो ।

मंगलबार नेप्सेमा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६०४.९६ विन्दुमा पुगेको हो । नेप्से घटेसँगै नेप्सेको पुँजीकरण पनि २.१९ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका मध्ये २३५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने १६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । त्यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज नेप्सेमा सेन्चुरी डिबेन्चर २०८८ को कारोबार गर्नेले सबैभन्दा धेरै मुनाफा आर्जन गरेका छन् भने भूगोल इनर्जीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । मंगलबारको सेयर कारोबारमा सबै उपसमूह नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ३ : १९ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी