राजनीतिक अनिश्चयको प्रभाव सेयर बजारमा, ५८ अंकले घट्यो नेप्से « Khabarhub

राजनीतिक अनिश्चयको प्रभाव सेयर बजारमा, ५८ अंकले घट्यो नेप्से


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक अनिश्चितताको गहिरो प्रभाव सेयर बजारमा देखा परेको छ । दशैंको लामो बिदापछि सञ्चालनमा आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ५८.५५ अंकले घटेको हो ।

मंगलबार नेप्सेमा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६०४.९६ विन्दुमा पुगेको हो । नेप्से घटेसँगै नेप्सेको पुँजीकरण पनि २.१९ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका मध्ये २३५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने १६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । त्यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज नेप्सेमा सेन्चुरी डिबेन्चर २०८८ को कारोबार गर्नेले सबैभन्दा धेरै मुनाफा आर्जन गरेका छन् भने भूगोल इनर्जीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । मंगलबारको सेयर कारोबारमा सबै उपसमूह नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ३ : १९ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज