बाढीका कारण सुनसरीमा एक हजार बढी प्रभावित | Khabarhub Khabarhub

बाढीका कारण सुनसरीमा एक हजार बढी प्रभावित


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– गत शनिबार र आइतबारको वर्षासँगै आएको बाढीले जिल्लामा एक हजार बढी घर प्रभावित भएका छन् ।

बाढीले सुनसरी सदरमुकाम इनरुवासहित धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगञ्जमा एक हजार ३७० घर प्रभावित भएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए । 

जिल्लाका विभिन्न खोला तथा नदीमा आएको बाढीले पाँच हजार ४७४ जनालाई प्रत्यक्ष असर परेको उनले बताए। प्रभावित घरमा पानी प्रवेश गर्नुकासाथै आंशिक रुपमा क्षति पुगेको प्रहरी उपरीक्षक थेबेले बताए। सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका ३४४ जनालाई उद्धार गरेको जनाएको छ । 

सदरमुकाम इनरुवामा २०० परिवार विस्थापित भएका छन् । पश्चिममा सुनसरी खोला र पूर्वमा गडन खोलाको बाढीले इनरुवा नगरपालिकाको ३, ४, ९ बबिया र १० जल्पापुरसहित दर्जनौँ बस्ती डुबानमा परेको छ । 
 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ३ : ३९ बजे

नीतिगत परिवर्तनका कारण नवीकरणीय ऊर्जाको वृद्धि सुस्त : आइइए

एजेन्सी– खतरनाक जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने विश्व प्रयासको मुख्य आधार

जुम्लामा १० करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

जुम्ला– जुम्लामा यसवर्षको दसैँमा १० करोडभन्दा बढीको भेडा, खसीबोकाको कारोबार

राष्ट्रपतिको भक्तपुरस्थित नवदुर्गा मन्दिरको दर्शन कार्यक्रम स्थगित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको भक्तपुरस्थित नवदुर्गा मन्दिरको दर्शन कार्यक्रम स्थगित

जेन-जी आन्दोलनका मृतकका परिवारको जाहेरी जाँचबुझ आयोगमा

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले ‘जेन-जी’ आन्दोलनका मृतकका परिवारको किटानी

इन्डोनेसियाको विद्यालय दुर्घटनामा मृतकको सङ्ख्या ६७ पुग्यो

एजेन्सी – इन्डोनेसियामा गत हप्ताको विद्यालय दुर्घटनाका पीडितहरूको खोजी मङ्गलबार