अदालतको काम कारबाही अविलम्ब सञ्चालन गर्न नेपाल बार एशोसिएसनको माग « Khabarhub

अदालतको काम कारबाही अविलम्ब सञ्चालन गर्न नेपाल बार एशोसिएसनको माग


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलगायतका सम्पूर्ण अदालतका काम, कारबाही अविलम्ब नियमित रुपमा सञ्चालन गर्न माग गरेको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले आज प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतलगायतका सम्पूर्ण अदालतको काम कारबाही सञ्चालन गर्न माग गरेको हो ।

‘जनताको न्यायसम्बन्धी हकको प्रचलन कुनै पनि क्षण अवरुद्ध गर्न हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता छ’, विज्ञप्तिमा भनिएको छ,’न्यायपालिकाको सुधार न्यायपालिकाकै प्रतिवेदनले देखाएको छ, न्यायपालिकाको सुधार वैधानिक संयन्त्रमार्फत व्यापक परामर्शमा भएर हुनुपर्ने जनाएको छ ।’
      
बारको १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनले न्यायपालिकाको पुनःसंरचनाको विषयमा आफ्नो धारणा स्पष्ट राखेको र वैधानिक संयन्त्रमार्फत व्यापक परामर्शमा हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

बारले स्वतन्त्र न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायलय सञ्चालन गर्ने कुचेष्टाप्रति भत्र्सना गर्दै स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिकाको मान्यता राख्ने यस उपर हुने कुनै पनि जोर जुलुम, जबर्जस्ती, हमला एवं अवैधानिक गतिविधिको विरोध गर्ने जनाएको छ ।
      
‘देश जतिसुकै कठिन मोडमा रहँदासमेत कानुनको शासनको आधारभूत मानकलाई बेवास्ता गर्न मिल्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘स्वच्छ सुनुवाइसहितको मानव अधिकारको आधारभूत मापदण्डलाई पालना गर्नु राज्यको प्रथम दायित्व हो भन्ने स्मरण गराउन चाहन्छौँ ।’
      
बारले नेपाल प्रहरीको मनोबल खस्कने गरी भएका हर्कतप्रति सरकार गम्भीर हुनुपर्ने उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘दिगो शान्ति संवाद र सहकार्यबाट मात्र सम्भव छ, तसर्थ व्यापक संवाद गर्न नेपाल सरकारसमक्ष हामी अनुरोध गर्दछौँ ।’

बारको भवन निर्माण गर्न सर्वोच्च अदालत परिसरभित्रै जग्गा उपलब्ध गराउन अनुरोध गर्दै यो विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : ०८ बजे

सरोकार समितिले भन्यो- विपद् र साइबर बुलिङबारे गृहमन्त्रीसँग छलफल गर्छौँ 

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपद्

नेपालको आठौँ विकेट पतन, शेर मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

रास्वपाले डीपीको ठाउँमा कसैलाई बनाएन उपसभापति, नयाँ सदस्य थपिँदा यस्तो बन्यो सचिवालय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याल (डीपी)को ठाउँमा कसैलाई

तनहुँका सेवाग्राहीको घरमै राहदानी

दमौली– जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीलाई लक्षित गर्दै घरमै राहदानी

यूएईविरुद्ध नेपालको छैठौँ विकेट गुम्यो, सात बलमा एक रन बनाएका झा आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी