अपराधमा संलग्नमाथि अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन : जाँचबुझ आयोग « Khabarhub

अपराधमा संलग्नमाथि अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन : जाँचबुझ आयोग


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्नलाई अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका तर्फबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको हो ।

गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिमा ध्यानाकर्षण भएको भन्दै आयोगले सो विज्ञप्ति प्रकाशन गरेको हो । सो आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका लागि राय सहितको प्रतिवेदन दिने कार्यादेश रहेको जनाएको छ ।

‘सो कार्यादेश बमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट मिति २०८२-०६-०९ गते जारी विज्ञप्ति प्रति आयोगको ध्यानाकर्षण भएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।

गृह मन्त्रालयले आयोगको कार्यक्षेत्र रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर गैर कानुनी रूपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने भन्दै विज्ञप्ति जारी गरेको थियो । जसले गर्दा प्रहरीले जेन-जी आन्दोलनको क्रममा २४ गते भएको तोडफोड तथा आगजनीमा संलग्नमाथि अनुसन्धान र कारबाहीलाई अगाडि बढाएको छैन ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : १८ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि