गुणस्तरीय सेवासहित जनताका समस्या सम्बोधन गर्न  ​​मन्त्री घिसिङको निर्देशन  « Khabarhub

गुणस्तरीय सेवासहित जनताका समस्या सम्बोधन गर्न  ​​मन्त्री घिसिङको निर्देशन 


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिएका छन्। 

विद्युत् आपूर्तिमा समस्या देखिन थालेको भनी देशका विभिन्न ठाउँबाट गुनासा आइरहेको भन्दै ऊर्जामन्त्री घिसिङले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति तथा कार्यक्रमसहित आमजनताको माग सम्बोधन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।
 
 हालै आएको बाढी, पहिरोले क्षति पुर्‍याएका संरचनाहरूको तत्काल मर्मतसम्भार गरी विद्युत् सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका ऊर्जामन्त्री घिसिङले भने, “विद्युत् गृहहरूको पूर्ण उपयोग गरी प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न, विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोरअन्तर्गतको २२० केभी, हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन तथा आगामी हिउँदयामको विद्युत् व्यवस्थापन गर्नेगरी योजनबद्ध रुपमा नीति तथा कार्यक्रम ल्याउन अब ढिलाइ गर्न भएन ।”  
 
यसै सन्दर्भमा काठमाडौँको स्युचाटारस्थित विद्युत केन्द्रको अनुगमन गर्दै उनले मन्त्री देशभरका विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनालगायतका विषयमा जानकारी लिएका थिए ।
 
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायत विषयमा जानकारी गराउँदै चुस्तदुरुस्त विद्युत् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
 
कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्यायका संरचना मर्मत गरी विद्युत् सेवा चालु गराउने गरी प्राविधिक जनशक्तिसहितको टोली तयारी अवस्थामा राखेको तथा मितव्ययी भई स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै आमजनता एवं सेवाग्राहीको समस्या समाधान गर्ने पक्षमा प्राधिकरण परिवार प्रतिबद्ध रहेको स्पष्ट गरे ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : ४३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका