इन्डोनेसियाको विद्यालय दुर्घटनामा मृतकको सङ्ख्या ६७ पुग्यो « Khabarhub

इन्डोनेसियाको विद्यालय दुर्घटनामा मृतकको सङ्ख्या ६७ पुग्यो


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इन्डोनेसियामा गत हप्ताको विद्यालय दुर्घटनाका पीडितहरूको खोजी मङ्गलबार समाप्त भएको र मृतकको सङ्ख्या ६७ पुगेको एक अधिकारीले पुष्टि गरेका छन् ।

इन्डोनेसियाको जाभा टापुमा रहेको बहुतले इस्लामिक बोर्डिङ स्कुलको एक भाग २९ सेप्टेम्बरमा दिउँसो प्रार्थनाका लागि १७० भन्दा बढी विद्यार्थीहरू भेला हुँदा ढलेको थियो ।

‘नवौँ दिनमा प्रवेश गर्दै हामीले पीडितहरूका लागि खोजी र उद्धार अभियान सम्पन्न गरेका छौँ’, राष्ट्रिय खोजी र उद्धार एजेन्सी (बसरनास) का प्रमुख मोहम्मद सियाफीले पत्रकार सम्मेलनमा भने।

एजेन्सीका अपरेसन निर्देशक युधि ब्रामान्ट्योले भने, ‘उद्धार गरिएका पीडितहरूको कुल सङ्ख्या १७१ छ । यसमा ६७ जनाको मृत्यु भएको छ, आठ शरीरका अङ्गहरू सहित र १०४ जना बाँचेका छन् । उद्धारकर्ताहरूले दुर्घटनास्थलमा रहेका सबै भग्नावशेष सफा गरेका छन् र थप शव फेला पर्ने सम्भावना कम छ ।’

राष्ट्रिय विपद् एजेन्सी ९बिएनपिबी० का उप प्रमुख बुदी इरावानले भने, ‘त्यहाँ अझै शवहरू रहेको सम्भावना धेरै कम छ ।’ अहिलेसम्म १७ शव मात्र पहिचान भएका छन् ।

यो वर्ष इन्डोनेसियामा भएको सबैभन्दा घातक प्रकोप भएको बिएनपिबीले जनाएको छ । अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारणको जाँच गरिरहेका छन् । प्रारम्भिक संकेतहरूले भवन निर्माण मापदण्डको उल्लङ्घन र संरचनागत कमजोरीलाई सम्भावित कारणको रूपमा देखाएका छन् ।

घटनापछि ७२ घण्टाको ‘सुनौलो अवधि’ पछि बेपत्ता भएका परिवारका सदस्यहरूले भारी उपकरण प्रयोग गर्न सहमति जनाएका थिए । 

सेप्टेम्बरमा पश्चिम जाभामा प्रार्थनाको समयमा अर्को भवन ढलेपछि कम्तीमा तीनको मृत्यु र दर्जनौँ घाइते भएका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : ४५ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकी– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

गाँजासहित दुई जना पक्राउ

सुनसरी– धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई

काठमाडौंमा माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौं– काठमाडौं जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएका