जुम्लामा १० करोड बढीका भेडा तथा खसीबोकाको कारोबार « Khabarhub

जुम्लामा १० करोड बढीका भेडा तथा खसीबोकाको कारोबार


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा यसवर्षको दसैँमा १० करोडभन्दा बढीको भेडा, खसीबोकाको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी, बोका तथा भेडा खरिद बिक्रीबाट यसवर्ष १० करोड रकम बराबरको कारोबार भएको चन्दननाथ नगरपालिकाअन्तर्गत पशुपक्षी विकास शाखाका प्रमुख वीरबहादुर रावतले जानकारी दिए।

उनले भने, ‘कारोबार भएको उक्त रकममध्ये भेडातर्फ रु नौ करोड ३४ लाख ८८ हजार तथा रु ३७ लाख ४० हजारको खसी, बोका खरिद बिक्री भएको हो । चन्दननाथ नगरपालिकामा भने २६ लाख ७७ हजारको राँगा, भैँसीसमेत कारोबार भएको छ ।’ यस वर्षको दसैँमा जुम्लामा पाँच हजार ८४३ वटा भेडा बिक्री भएको तथ्यांक छ । 

यसैगरी, २५६ खसी र ६३ राँगा, भैँसी खरिद बिक्री भएको छ । दसैँमा स्थानीय भेडाको अधिकतम मूल्य रु २३ हजार, न्यूनतम मूल्य रु नौ हजार र औसत मूल्य रु १६ हजार तोकिएको प्रमुख रावतले जानकारी दिए ।  

त्यस्तै, खसीको अधिकतम मूल्य रु २२ हजार, न्यूनतम मूल्य आठ हजार र औसत मूल्य रु १५ हजार रहेको छ भने राँगो, भैँसीको अधिकतम मूल्य रु ६१ हजार, न्यूनतम मूल्य २४ हजार र औसत मूल्य रु ४२ हजार ५०० रहेको थियो ।   

जुम्लामा मुगु, कालीकोट, दैलेख, बाजुरालगायत जिल्लाबाट खसी, भेडा, राँगा, भैँसी ल्याइएको थियो । गत वर्षको दसैँमा १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका खसी, भेडा, राँगा, भैँसी खरिद बिक्री भएको चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखाले जनाएको छ ।

गत वर्षभन्दा यो वर्ष भेडा र खसीको मूल्य औसत रुपमा ३० प्रतिशतले घटेको यहाँका स्थानीय व्यापारी बताउँछन् । विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् ।

स्थानीय पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा रहेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : ५६ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा