नीतिगत परिवर्तनका कारण नवीकरणीय ऊर्जाको वृद्धि सुस्त : आइइए « Khabarhub

नीतिगत परिवर्तनका कारण नवीकरणीय ऊर्जाको वृद्धि सुस्त : आइइए


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– खतरनाक जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने विश्व प्रयासको मुख्य आधार मानिने नवीकरणीय ऊर्जाको वृद्धि संयुक्त राज्य अमेरिका र चीनमा नीतिगत परिवर्तनका कारण सुस्त भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले जनाएको छ ।

विश्व समुदायले सन् २०३० सम्म नवीकरणीय ऊर्जा उत्पादन तीन गुणा बढाउने लक्ष्य राखेको दुई वर्षमै आइइएले उक्त लक्ष्य हासिल नहुने ठहर गरेको हो ।

गत वर्षसम्म पेरिसस्थित यस एजेन्सीले विश्वव्यापी रूपमा थप पाँच हजार पाँच सय गिगावाट नवीकरणीय ऊर्जा उत्पादन हुने पूर्वानुमान गर्दै लक्ष्य नजिक पुग्ने आकलन गरेको थियो । तर नयाँ मूल्याङ्कनअनुसार ‘सन् २०२४ अक्टोबरपछि नीति, नियामक र बजार संरचनामा भएका परिवर्तनहरू’ का कारण अब वृद्धि चार हजार छ सय गिगावाटमा सीमित हुनेछ । यो सन् २०२२ को स्तरको २.६ गुणा मात्र हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नवीकरणीय ऊर्जा परियोजनाहरूमा कडा नियामक नियन्त्रण र कर छुटका प्रारम्भिक चरणमा परिवर्तन गरेपछि आइइएले अमेरिकाको नवीकरणीय ऊर्जा वृद्धिको पूर्वानुमान करिब ५० प्रतिशतले घटाएको छ ।

चीनको पक्षमा पनि स्थायी शुल्क प्रणालीबाट लिलामी प्रक्रियामा परिवर्तनले परियोजनाहरूको नाफा घटाएको र त्यसले वृद्धिमा असर पारेको बताइएको छ । तर आइइएका अनुसार चिनियाँ सरकार अझै पनि विश्व नवीकरणीय ऊर्जाको वृद्धि गर्ने प्रमुख शक्ति बनेको छ र देशले सन् २०३५ को हावा र सौर्य ऊर्जा लक्ष्य निर्धारित समयभन्दा पाँच वर्ष अगावै हासिल गर्ने सम्भावना देखाएको छ ।

– ऊर्जा सुरक्षामा सकारात्मक प्रभाव 

अमेरिका र चीनमा वृद्धि सुस्त भए पनि अन्य क्षेत्रमा स्थिति अपेक्षाकृत आशाजनक रहेको आइइएले जनाएको छ ।

भारत ‘सन् २०३० को लक्ष्य पूरा गर्ने बाटोमा रहेको’ र नवीकरणीय ऊर्जाका लागि दोस्रो ठूलो बजार बन्ने अनुमान गरिएको छ । त्यसको क्षमता आगामी पाँच वर्षमा २।५ गुणा बढ्ने अपेक्षा गरिएको छ ।

त्यस्तै मध्यपूर्व र उत्तर अफ्रिकाका देशहरूमा पूर्वानुमान २५ प्रतिशतले र युरोपका जर्मनी, इटाली, पोल्यान्ड र स्पेनका लागि पनि वृद्धि पूर्वानुमान उच्च रूपमा संशोधित गरिएको छ ।

आइइएका अनुसार विगत पाँच वर्षमा सौर्य प्यानलहरूले विश्वव्यापी नवीकरणीय ऊर्जा वृद्धिको करिब ८० प्रतिशत हिस्सा ओगटेका छन् । हावा, जल, बायोमास र जियोथर्मल ऊर्जाले त्यसपछि स्थान लिएका छन् ।

तर अपतटीय पवन ऊर्जामा केही देशहरूको नीति परिवर्तनका कारण वृद्धि अपेक्षाभन्दा कम देखिएको छ । विशेष गरी संयुक्त राज्य अमेरिकामा केही निर्माणाधीन परियोजनाहरू रोक्ने प्रयास भइरहेको बताइएको छ ।

आइइएले नवीकरणीय ऊर्जाले देशहरूको वित्तीय र ऊर्जा सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै भनेको छ, ‘नवीकरणीय ऊर्जाको प्रयोगले धेरै देशमा इन्धन आयातको आवश्यकता घटाएको छ, जसले ऊर्जा विविधीकरण र सुरक्षालाई बलियो बनाएको छ ।’

सन् २०३० सम्म ऊर्जाको उत्पादन हालको तुलनामा दोब्बर भई कुल उत्पादनको करिब ३० प्रतिशत पुग्ने अनुमान गरिएको भन्दै एजेन्सीले देशहरूले नवीकरणीय ऊर्जाको अनियमित प्रकृतिलाई व्यवस्थापन गर्न बिजुली सञ्जालको लचिलोपन बढाउनुपर्ने थप सिफारिस गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : ५९ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको