जेन-जी आन्दोलनका नाममा आगजनी र लुटपाट गर्नेविरुद्ध अनेरास्ववियुले दियो उजुरी « Khabarhub

जेन-जी आन्दोलनका नाममा आगजनी र लुटपाट गर्नेविरुद्ध अनेरास्ववियुले दियो उजुरी


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जेन-जी आन्दोलनका नाममा तोडफोड र आगजनी गर्नेहरूविरुद्ध प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् ।  

मंगलबार अनेरास्ववियुका पूर्व र वर्तमान पदाधिकारीहरू परिसर पुगेर तोडफोड र आगजनी गर्ने ६० भन्दा बढिविरुद्ध उजुरी दिएको हो ।

आफूहरूले दिएको जाहेरी प्रहरीले बुझेको र सरकारी वकिलसँग छलफल गरेर अघि बढ्ने जवाफ दिएको अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडालले जानकारी दिए ।

उनले आफूहरूको मुद्दाका बारेमा २४ घण्टाभित्र जवाफ दिन प्रहरीलाई भनेको र प्रहरीले जाहेरी लिन नमाने अन्य प्रक्रियाबाट भए पनि अघि बढ्ने उल्लेख गरे।

उनीहरूले जाहेरीमा उल्लेख नामका बारेमा केही खुलाउन नचाहे पनि तोडफोड र आगजनीमा संलग्न र त्यसका लागि उक्साउनेहरू विरुद्ध जाहेरी दिएको जनाएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ६ : ११ बजे

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल