अलैँचीको मूल्य घट्यो, प्रतिमन ८० हजार « Khabarhub

अलैँचीको मूल्य घट्यो, प्रतिमन ८० हजार


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का- सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्य घटेको छ । गतवर्ष यही समयमा प्रतिमन (४० किलो) रु ९० हजारमा मूल्य रहेकामा यसपटक भने रु ८० हजारमा कारोबार भइरहेको छ ।

एक दशक अघिदेखि ओरालो लागेको अलैँचीको मूल्य गत वर्ष सुधार भए पनि यसवर्ष फेरि मूल्य घटेको छ । कालो सुनको रूपमा चिनिँदै आएको अलैँचीको मूल्य प्रतिमन रु ८० हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार गतवर्ष प्रतिमन रु एक लाख १० हजारसम्म कारोबार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग घटेपछि मूल्य पनि घटेको हो ।

“उत्पादन बढी र माग कम भएका कारणले अलैँचीको मूल्य घटेको हो । गतवर्ष रु ९० देखि रु एक लाख १० हजारसम्म कारोबार भएको थियो । हाल ग्रेडिङ राम्रो भएको अलैँची रु ८२ हजार र ग्रेडिङ नभएको अलैँची ८० हजारमा कारोबार भइरहेको छ”, अध्यक्ष श्रेष्ठले भने । मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको बताइन्छ । सङ्खुवासभामा करिब दुई हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आएको छ । जिल्लामा गतवर्ष ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो ।

सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा यसको उत्पादन हुन्छ । यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन नसकेका गुनासो छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । सोहीअनुसार मूल्य पनि फरक रहेका छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ७ : ४४ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई