उत्तरी गोरखामा असोजमै हिमपात « Khabarhub

उत्तरी गोरखामा असोजमै हिमपात


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोरखा- पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा यो वर्ष असोजमै हिमपात भएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका–१ साम्दोमा सोमबार हिमपात भएको हो ।

असोजमै हिमपात भएपछि जनजीवन सामान्य प्रभावित बनेको साम्दोका स्थानीय निमा ग्याल्जेन लामाले बताए । “जाडो मौसममा पर्ने हिउँभन्दा अहिले परेको हिउँ धेरै गहुङ्गो हुन्छ । यस्तो हिउँले आलुलगायत बालीमा असर पु¥याउँछ”, उनले भने, “हाल बाक्लो हिमपात नभएकाले खेतीबालीमा असर देखिएको छैन ।”

लामाका अनुसार आज दिउँसोबाट अलिअलि घाम लाग्न थालेकाले हिउँ विस्तारै पग्लिँदै गएको छ । अब मौसम सफा हुनेबित्तिकै खेतीबाली भित्र्याउने तयारीमा आमकिसान छन् । साम्दो समुद्री सतहबाट तीन हजार ८९० मिटर उचाइमा अवस्थित छ ।

यहाँ आलु र फापर मात्र उत्पादन हुन्छ । साम्दोवासीको मुख्य व्यवसाय पर्यटन हो । हिउँ परेपछि पर्यटक भने उत्साहित भएका छन् । मनास्लु आरोहणको सिजन सुरु भएसँगै गाउँमा पर्यटकको चहलपहलसमेत बढेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : ३६ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ