बाढीका कारण पोखराको पर्यटनमा असर « Khabarhub

बाढीका कारण पोखराको पर्यटनमा असर


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी- दशैंलगत्तै देशभर आएको बाढीका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर परेको छ ।

मौसम विभागको पूर्वानुमानसँगै सम्भाव्य जोखिमलाई दृष्टिगत गरी असोज १८ गतेदेखि २० गतेसम्म गरिएको अत्यावश्यक बाहेकका सार्वजनिक यातायात सञ्चालनमा रोक एवम् देशका विभिन्न स्थानमा परेको पानीका कारण पर्यटकको आगमन प्रभावित बनेको हो ।

यस अघिका वर्षमा दसैँको टीका सकिएसँगै पोखरा घुम्न आउने पर्यटकका कारण पोखराका होटेलमा कूल क्षमताको ८० प्रतिशत भन्दा बढी भरिभराउ हुने गरेकोमा यसवर्ष सो सङ्ख्या घटेर ३० प्रतिशतमा सीमित भएको होटेल सङ्घ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

दशैंको टीका लगाएसँगै पूर्णिमासम्म बिदा हुने भएकोले देशका विभिन्न भागबाट बिदाको उपयोग गर्न पारिवारिक भ्रमणमा पोखरा आउने प्रचलन अत्याधिक रहेको उनले बताए ।

“अघिल्ला वर्षहरूमा दसैँपछि कोजाग्रत पूर्णिमाको दिनमा त यहाँका होटेलमा कोठा नै पाउन मुस्किल हुन्थ्यो”, उनले भने, “यस वर्षत अधिकांश होटेलहरूमा पर्यटकको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।”

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : २८ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध