बाढीका कारण पोखराको पर्यटनमा असर « Khabarhub

बाढीका कारण पोखराको पर्यटनमा असर


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी- दशैंलगत्तै देशभर आएको बाढीका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर परेको छ ।

मौसम विभागको पूर्वानुमानसँगै सम्भाव्य जोखिमलाई दृष्टिगत गरी असोज १८ गतेदेखि २० गतेसम्म गरिएको अत्यावश्यक बाहेकका सार्वजनिक यातायात सञ्चालनमा रोक एवम् देशका विभिन्न स्थानमा परेको पानीका कारण पर्यटकको आगमन प्रभावित बनेको हो ।

यस अघिका वर्षमा दसैँको टीका सकिएसँगै पोखरा घुम्न आउने पर्यटकका कारण पोखराका होटेलमा कूल क्षमताको ८० प्रतिशत भन्दा बढी भरिभराउ हुने गरेकोमा यसवर्ष सो सङ्ख्या घटेर ३० प्रतिशतमा सीमित भएको होटेल सङ्घ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

दशैंको टीका लगाएसँगै पूर्णिमासम्म बिदा हुने भएकोले देशका विभिन्न भागबाट बिदाको उपयोग गर्न पारिवारिक भ्रमणमा पोखरा आउने प्रचलन अत्याधिक रहेको उनले बताए ।

“अघिल्ला वर्षहरूमा दसैँपछि कोजाग्रत पूर्णिमाको दिनमा त यहाँका होटेलमा कोठा नै पाउन मुस्किल हुन्थ्यो”, उनले भने, “यस वर्षत अधिकांश होटेलहरूमा पर्यटकको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।”

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : २८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी