दुई ट्रफीसहित यूएईबाट नेपाली क्रिकेट टिम स्वदेश फर्कियो « Khabarhub

दुई ट्रफीसहित यूएईबाट नेपाली क्रिकेट टिम स्वदेश फर्कियो


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई शृङ्खला खेलेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई शृङ्खलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा स्वदेश फर्किएको हो। विमानस्थलमा नेपाली खेलाडीलाई खेलकुद मन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कालगायतले स्वागत गरे।

यूएई शृङ्खलामा नेपालले चारवटै खेल गुमाएको थियो। पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको नेपाल चौथो खेलमासमेत यूएईसँग् चार विकेटले नै पराजित भयो। नेपालले यो शृङ्खलाबाट अंक थप्न नसक्दा २० खेल खेलिसक्दासमेत मात्र १२ अंकमा चित्त बुझाउनु परेको छ।

त्यसअघि नेपालले यूएईमै खेलेको वेस्ट इन्डिजसँगको युनिटी सिरिज जितेको थियो। युनिटी कपको उपाधि जितेपछि ओमानमा टी-२० विश्वकप छनोटको उपाधि उचालेको नेपाल दुई ट्रफीसहित नेपाल फर्किएको हो। वेस्ट इन्डिजविरुद्धको युनिटी कप खेल्न यूएई पुगेको नेपाल त्यहाँबाट ओमानमा भएको टी-२० विश्वकप छनोट खेल्न पुगेको थियो। ओमानमा विश्वकप छनोटको उपाधि जितेर फेरि नेपाल विश्वकप लिग २ खेल्न यूएई पुगेको थियो। व्यस्त तालिका र लामो समयको विदेश बसाइ सकेर नेपाली टिम स्वदेश फर्किएको हो।

नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टिम । तस्बिरः क्यान

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : २५ बजे

नेपाल प्रहरीद्वारा मङ्सिरमा ४० करोड राजस्व संकलन

काठमाडौं– नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा

महारानीथान-छाप-डाडाखेत-ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय

ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. मरासिनी नियुक्त 

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिक सुपरिटेण्डेण्टमा डा. रुद्र मरासिनी

माग्दे गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न दूधमा १० अनुदान दिने 

दमौली– माग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

सञ्चारमन्त्री खरेलले भने- राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन