जेनजीलाई शंकर पोखरेलको चुनौती: तपाईंका सुशासन आदर्शसँग परीक्षण हुन चाहन्छु « Khabarhub

जेनजीलाई शंकर पोखरेलको चुनौती: तपाईंका सुशासन आदर्शसँग परीक्षण हुन चाहन्छु


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू सधैं सुशासनको पक्षमा भए पनि भ्रष्टचारी विरोधी निशानमा परेकोमा दुःख व्यक्त गरेका छन् ।

भदौ २४ गतेको तोडफोडमा आफ्नो घर जलाइएपछिको एक अनुभूती लेख्दै पोखरेलले आफ्नो पारिवारिक,राजनीतिक र संसदीय यात्राका अन्तरंग सार्वजनिक गरेका हुन् ।

जेनजी आन्दोलनमा घरमा आगलागी र तोडफोड गराइएपछि करिब दुई महिना साथीको घरमा बसेको र हिजोदेखि फ्ल्याट लिएर पुन डेराको जीन्दगी सुरु भएको पोखरेलले उल्लेख गर्दै जीवनका उतारचढाव भावनात्मक रुपमा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमा लामो वृतान्त लेख्दै पोखरेलले आफू पनि संसद भएका बेला प्राडो र पजेरो संस्कृति भित्रिए पनि आफूले त्यस्तो सुविधा नलिएको, गम्भीर प्रकृतिको रोग लाग्दा पनि राज्यबाट उपचार सहयोग नलिएको, लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका बेला पुँजीगत खर्च शतप्रतिशत गरेको र आफूले सम्हालेको अर्थ मन्त्रालयमा समेत बेरुजु शून्य रहेको उल्लेख गरेका छन्।

‘मैले अहिलेसम्म हरेक काममा आफूलाई आर्थिक अनुशासन र मितव्ययिताका दृष्टिले उदाहरणीय बन्ने र बनाउने प्रयास गरें’ पोखरेलले लेखेका छन्, ‘तर भ्रष्टाचार विरोधका नामको कथित आक्रमणमा चर्को निशानामा हाम्रो परिवार पर्न गयो।’

पोखरेलले आफ्नो परिवारमा दाङमा शिक्षा र समाजसेवाका लागि तीन सय विगाहा भन्दा बढी जग्गा दान गरेको उल्लेख गरेका छन्। दाजुभाइसँग अंशवण्डा गरेर हाल आफूसँग चार विगाहा जग्गा रहेको उनको भनाइ छ।

पोखरेलले आफूले १६ वर्षको उमेरदेखि पढाइका लागि घर छोडेको,त्यसपछि राजनीतितर्फ आकर्षित भएको,अध्ययनकै क्रममा बनारस बस्दा नेपाली समुदायसँग मिलेर समाजसेवा र राजनीति गरेको पनि स्मरण गरेका छन्।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै