विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव | Khabarhub Khabarhub

विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ । 

अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले सार्वजनिक सूचनामार्फत विश्व वातावरण सुविधामार्फत प्राप्त हुने १० लाख ८९ हजार पाँच सय ५५ अमेरिकी डलर रकम उपयोगका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

विश्व वातावरण सुविधाको ग्लोबल बायोडाइभरसिटी फ्रेमवर्क फण्डबाट नेपाललाई बाँडफाँड भएको रकममध्ये बाँकी रहेको रकमको उपयोग गर्नेगरी विश्व वातावरण सुविधामा परियोजना प्रस्ताव पेस गर्न भनिएको हो ।

राष्ट्रिय बजेट प्रणालीबाट रकम प्रवाह हुनेगरी परियोजना प्रस्ताव तयार गरी पेस गर्न सबै निकायलाई मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले नोभेम्बर ३० सम्म मन्त्रालयमा परियोजना प्रस्ताव पेस गर्न मन्त्रालयले आग्रह गरेको छ ।
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ८ : १७ बजे

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा