हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक « Khabarhub

हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका राशिद खानले ह्याट्रिक पूरा गरेका छन् । पहिलो खेलमा अफगानिस्तानविरुद्ध उत्कृट बलिङ गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

पहिलो ओभरमा महंगो बनेका राशिदले दोस्रो ओभर बलिङ गर्दा ह्याट्रिक पूरा गरेका हुन् । राशिदले दुई ओभर बलिङ गर्दा २७ रन दिँदै चार विकेट हात पारे। नेपालका लागि लोकेश बमले एक विकेट हात पारे ।

ब्याटिङ तर्फ अफगानिस्तानविरुद्ध सन्दीप जोराले अर्धशतक बनाए । १४ बलको सामना गरेका जोराले ८ छक्का हिर्काउँदै ५३ रन बनाएका हुन्। अन्य ब्याट्सम्यानले नेपालका लागि उल्लेख्य रन जोड्न सकेनन् ।

अफगानिस्तानविरुद्ध ह्याट्रिक पूरा गरेका नेपाली बलर राशिद खान । तस्बिरःक्यान

राशिदको ह्याट्रिक र सन्दीपको अर्धशतक बने पनि नेपाल अफगानिस्तानसँग पहिलो खेलमा १७ रनले पराजित भएको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ६ ओभर खेल्दै दुई विकेटको क्षतिमा ९५ रनमा समेटियो ।

नेपालले समूह चरणको दोस्रो खेलमा शनिबार दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्र सहभागी छन्। चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ।

त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन्।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ९ : २१ बजे

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर